मोक्ष खतिवडा
“मम्मी आज म साथीहरू सँग डुल्न जानु छ।” .छोरी रियाले आमालाई भनी । “पर्सि देखि अर्धवार्षिक परीक्षा छ भनेकी होइन र किन जानुपर्यो ? खुरुक्क घर बसेर नपढेर !
“हैन जावोस् न त उसलाई पनि त साथीहरूसँग हिँड्न मन लाग्छ , के भनेकी तिमीले ? भोलि बिहानदेखि बसेर पढ्दा भइहाल्छ नि !” रियाका बाबाले अर्को कोठाबाट आमालाई सम्झाउने तरिकाले भने।
“हुर्केकी छोरीलाई यसरी जथाभावी हिँड्न दिनुहुन्छ , पछि केही परिहाल्यो भने त्यसको दोष मलाई चाहिँ नआओस्।”
श्रीमान तर्फ टेडो नजर लगाएर श्रीमतीले जवाफ दिइन् । नभन्दै छोरी पनि तत्कालै साथीहरुसँग गई।
“साँझ पर्नै लागि सक्यो छोरीको त आउने चाल छैन ।” आमाले श्रीमानसँग मनको कौतुहल पोखिन्। “आउने बेला हुँदैछ नि तिमी किन आत्तिएकी ? हाम्री छोरी अरुका छोरीहरू भन्दा बेग्लै शीलवान् छे। नराम्रो केही सोच्नु पर्दैन।” श्रीमानले सान्त्वना दिँदै भने।
झमक्कै भएपछि ऊ सँग जाने भनेका साथीहरुलाई भेटेर श्रीमानले सोध्दा “रिया त मेरो मामाको छोरा दाइसँग एकछिन अल्मलिएर आउँछु भनेर पछि बसेकी थिई । केही बेर पर्खँदा पनि नआएकीले हामी त हिड्यौँ ।” अझै आएकी छैन र अचम्मित हुँदै उसका साथीहरुले भने।
उसका साथीहरुले गरेका कुरा घर आएर श्रीमतीसँग बताएँ।
“लौ अब फसाद पर्यो ! मेरो भाइको एउटा मात्र छोरा हो । ऊ त विदेश तिर छ । अब कता खोज्न जानुहुन्छ छिटो जानुहोस् ।” भनेको नमान्दा यस्तै हुन्छ।
काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…
रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…
पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…
धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…