मोक्ष खतिवडा

“मम्मी आज म साथीहरू सँग डुल्न जानु छ।” .छोरी रियाले आमालाई भनी ।  “पर्सि देखि अर्धवार्षिक परीक्षा छ भनेकी होइन र किन जानुपर्यो ? खुरुक्क घर बसेर नपढेर !
“हैन जावोस् न त उसलाई पनि त साथीहरूसँग हिँड्न मन लाग्छ , के भनेकी तिमीले ? भोलि बिहानदेखि बसेर पढ्दा भइहाल्छ नि !” रियाका बाबाले अर्को कोठाबाट आमालाई सम्झाउने तरिकाले भने।
“हुर्केकी छोरीलाई यसरी जथाभावी हिँड्न दिनुहुन्छ , पछि केही परिहाल्यो भने त्यसको दोष मलाई चाहिँ नआओस्।”
श्रीमान तर्फ टेडो नजर लगाएर श्रीमतीले जवाफ दिइन् । नभन्दै छोरी पनि तत्कालै साथीहरुसँग गई।
“साँझ पर्नै लागि सक्यो छोरीको त आउने चाल छैन ।” आमाले श्रीमानसँग मनको कौतुहल पोखिन्। “आउने बेला हुँदैछ नि तिमी किन आत्तिएकी ? हाम्री छोरी अरुका छोरीहरू भन्दा बेग्लै शीलवान् छे। नराम्रो केही सोच्नु पर्दैन।” श्रीमानले सान्त्वना दिँदै भने।
झमक्कै भएपछि ऊ सँग जाने भनेका साथीहरुलाई भेटेर श्रीमानले सोध्दा “रिया त मेरो मामाको छोरा दाइसँग एकछिन अल्मलिएर आउँछु भनेर पछि बसेकी थिई । केही बेर पर्खँदा पनि नआएकीले हामी त हिड्यौँ ।” अझै आएकी छैन र अचम्मित हुँदै उसका साथीहरुले भने।
उसका साथीहरुले गरेका कुरा घर आएर श्रीमतीसँग बताएँ।
“लौ अब फसाद पर्यो ! मेरो भाइको एउटा मात्र छोरा हो । ऊ त विदेश तिर छ । अब कता खोज्न जानुहुन्छ छिटो जानुहोस् ।” भनेको नमान्दा यस्तै हुन्छ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“म आमा”

शान्ति सापकोटा तिमी सास मेरा तिमी आस मेरा म आमा भएरै तिमी खास मेरा तिमी…

16 hours ago

विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…

16 hours ago

सुरक्षित ठाउँ

अन्जु चालिसे रूपान्जली आरुबारी, काठमाडौ “सूचना! सूचना! सूचना! आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू ! जल…

17 hours ago

“भिखारी”

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा फाटेको मुटु जतन गरी दुःखले सिलायो मागेर सधैं…

2 days ago

उजाड

नन्दलाल आचार्य गोलबजार-४, सिरहा अँध्यारो कोठाभित्र चित्रकारको हात थरथर काँपिरहेको थियो । यद्यपि झ्याल बाहिरको…

2 days ago

“ढोका”

ह्रदय लेकाली तँ जुम्सोले केही गर्ने भइनस् भन्दै बाबुु लालसिँह कराएको सुनेर राजनले भन्यो "…

2 days ago