दुर्गा घिमिरे
रत्ननगर ,१४चितवन
धमिराको माटो।
बारीभरी बाटो।।
कहाँ कहाँ जाने।
छैन केहि खाने।।
छिर्केमिर्के किरा।
कोहि लाग्छ हिरा।।
बाङ्गो टिङ्गे बाटो।
डाडाधेरै काट्यो।।
डाडाकाडा चिसो।
माकुराको लिसो।।
देखिदैन घाम।
भन कहाँ जाम।।
कति सानी नानी।
छैन हिड्ने बानी।।
एउटा अघि बढ्दछ।
अर्को साँघु तर्दछ।।
उक्ली उक्ली रुखमा ।
आँशुझर्छ दु:खमा ।।
झोली झाम्टो साथमा ।
काम गर्छन् रातमा ।।
प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…
घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…
धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…
युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…