सुधिर थापा
अग्लो यो धरती छ विश्व भरि नै नेपाल हाम्रो घर
काैयाैँ जातहरू मिलेर रहँदा धर्ती छ यो सुन्दर
बग्दैछन् झरना नदी लहरले हाल्छन् सुसेली जहाँ
थुप्रै तालहरू रहेर कति यी साैन्दर्य भर्छन् यहाँ
चाँदीका सुनका अपार गहना टल्केर खुल्छन् अति
छानो यो हिउँको हिमाल शिरमा बल्दै छ हीरा कति
हाम्रो भूमि अझै छ स्वर्ग कति यो यस्तो छ धर्ती कहाँ
हाम्रो जन्म भयो यही अवनिमा छाैँ धन्य उस्तै यहाँ
यस्तो सुन्दर यो मिेले नि धरती मान्छे भयो वैगुणी
बित्दै गो कसरी अपार भवमा बेकार बन्दै जुनी
हाम्रो दम्भ अझै चुलेछ किन हो पुग्छाैँ कहाँ त्यो अब
गर्दैछौँ यसरी विनाश जनको नासेर आफैँ जब
आफ्नै शान्त नभै अझै मुलुकमा सन्त्रास छायो अति
खोज्दै जान सकाैँ असंख्य जनले मिल्ने भए ओखती
यो संसार सबै मिले नि भवमा के हुन्छ त्यो आखिर
धर्तीको महिमा बुझे स्वजनले यो देशको खातिर
गर्ने युद्ध छ यो विनाश जगमा मान्छे भयो जर्जर
मान्छे कै किन यो भएन भर हो हुन्थ्यो धरा उर्वर
प्राणीको हितमा विकल्प नहुने के काम त्यो कामना
हाम्रो जीवन बन्छ भव्य भवमा राखाैँ मिठो भावना।
पशुपति पौडेल एक सानो गाउँमा रामबहादुर नामका किसान बस्थे। उनी दिनभर खेतमा काम गर्थे र…
नन्दलाल आचार्य नयाँ विद्यालयको सेतो भित्तामा सानो अङ्कितले रङ्गीन चकले केही कोर्दै थियो । अचानक…
पुण्यप्रसाद घिमिरे गाली दियाैभने, हाम्राे मन दुख्छ, ताली दियाैभने, हाम्राे मन उठ्छ। जस्ताे शिक्षा पायाैँ,…
प्रेमनारायण भुसाल नेपालको शिक्षा क्षेत्र लामो समयदेखि अस्थिर देखिँदै आएको छ । पञ्चायतकालीन शिक्षा ऐन…