दुर्गा पौड्याल

गाउँको एउटा सोझो र साधारण ठिटो कमल आफ्नो परिचयपत्र बनाउँन वडा कार्यालय गयो र कुर्सीमा बसेको ब्यक्तिलाई नमस्कार गर्दै भन्यो, “सचिव साहेव मेरो परिचय जनाउने कागज बनाईदिनु पर्यो ।” गाउँको मुख्य प्रशासक भनेको सचिव नै हुन्छ त्यसैले ठिटो सचिवसँग आफ्नो समस्या राख्न गएको थियो । सचिव सामु उभिएर हात जोड्दै उसले भन्यो ” हजुर मलाई मेरो परिचयपत्र बनाइ दिनुपर्यो , जहाँ जे गर्दा पनि खै तिम्रो परिचय भनेर मागिन्छ त्यसैले परिचयका लागि सिफारिस गरिदिनु पर्यो ।” युवकको कुरा सुनेर सचिवले युवकलाई शीर देखि पाउँसम्म सरररर हेर्यो र भन्यो “तिमीले बाउ आमाको नागरिकता, उनीहरुको बिहे दर्ता, तिम्रो जन्मदर्ता प्रमाणपत्र ल्याएका छौ ? ऊ अचम्भित भएर सचिवको मुखमा हेरिरह्यो र भन्यो, “बा आमाको बिहे हुने बेलामा म जन्मेकै थिइन । त्यतिबेला बिहे दर्ता गर्ने चलन पनि थियो कि थिएन थाहा भएन ? बा आमाको नागरिकता थियो कि थिएन ? मलाई थाहै भएन ,म जन्मेपछि जन्म दर्ता गर्ने चलन थियो थिएन मलाई थाहा हुने कुरा भएन । के यी कागजबिना मेरो कुनै परिचय नै हुँदैन त ? म पहाडमा जन्मिएको गाउँले नेपाली केटो हुँ मलाई यतिमात्र थाह छ । उसले यिनै कुरा सचिबसँग भनिरहेको थियो । सचिवले सुनेको नसुने झैँ गरिरहेको थियो । ठीक त्यही समयमा एउटा पचास साठी वर्षको मानिस साथमा एउटा ऊ जत्रै ठिटो अघि लगाएर सचिवको कोठाभित्र छिर्दै हेलो सचिव साहेव भन्दै सचिव नजिक आयो । उसलाई देखेर सचिवले पनि अदवसाथ उठेर नमस्कार गरयो र भन्यो आज कताबाट पाल्नुभयो अफिसमा ? बस्नुस् न हजुर भन्दै कुर्सी टक्रायो । मलाई बोलाएको भए मै नै आउने थिए नि किन दुःख पाउनुभएको ? के लिनुहुन्छ तातो चिसो ? प्रौढले भन्यो तातो त दिउँसो लिनै भएन ,चिसो खाँदा घाँटी दुख्छ भन्दै हाँस्दै एक गिलास तातो पानी मगायो । आज के कामले पाल्भयो त ?
ठूलो मान्छेले भन्यो अं…यो बाबुको परिचयपत्र बनाउँनु थियो । त्यसैले सिफारिश लिन आएको नि । परिचयपत्रलाई वार्डको सिफारिस त मागिहाल्छन् उसले भन्यो । सचिवले भन्यो–,त्यति सानो कुरा पनि भैहाल्छ नि । एकछिन बस्दैगर्नुस् मैले भर्खरै बनाईदिन्छु भन्दै सचिवले तुरुन्तै सिफारिस पत्र तयार पारिदियो र प्रौढलाई दियो । उसँग न त बाउ आमाको परिचयपत्र मागियो, न बाआमाको बिवहादर्ताको कागज मागियो,न केटाको जन्मदर्ताको कागज मागियो केही चाहिएन उसलाई । कलमले अनुमान लगायो यो पक्कै ठूलो मान्छे होला । यसलाई कति छिटो एकै बचनमा परिचयपत्रको लागि सिफारिस बनाएर पठायो सिफारिस पत्र हातमा लिएर सचिवलाई धन्यवाद भन्दै पहुँचवाला मानिस बाहिरियो । कमल हेरेको हेरै भयो र भन्यो वा रे सचिव साहेव । तपाईं ले ठूलो मान्छे भनेर उसँग आएको केटोलाई केही नसोधी सिफारिस पत्र हातमा थमाई दिनुभयो । उसलाई आमा बुवाको परिचयपत्र, बिहे दर्ता को कागज,केटोको जन्म दर्ताको कागज केही चाहिएन तर म सामान्य मान्छे, यही गाउँको गाउँले केटो,ठेट नेपाली केटो ,जसका बाआमा कोही छैनन् ,आमा बाको परिचय नै थाहा छैन,मेरो जन्मदर्ता गरेको थियो वा थिएन केही थाहा छैन घरमा केही कागजपत्र छैनन् । के मैले मेरो परिचय जनाउने पत्र नपाउने नै हो त सचिवसाहेव ? उता कस्ता कस्ता मान्छेले समेत परिचयपत्र देखाएर जिविका चलाछन् हाम्रो गाउँमा । म भने नेपालकै गाउँले केटो जसका बा आमा नै छैनन् उसले सिफारीस पनि नपाउने ? कमलको कुरा सुनेर सचिवले रिसले झोक्किदै भन्यो ,” बड्ता नबोल, जाउ सबैकुरा जुटाएर ल्याउ अनि बल्ल पाउँछौ परिचयपत्रको सिफारिस । कमल सचिवमाथि एक नजर दौडाउँदै वा रे मेरो देश ,यो देशका नेता भन्दै बाहिर निस्क्यो ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

17 hours ago

“आउँछ खरर”

धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…

17 hours ago

“म हुँ बाँदर”

युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…

18 hours ago

‘फलामे गेट’ मञ्चित, नाटककार भुसाल सम्मानित

काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…

2 days ago

“म नेपाली छोरी”

रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…

2 days ago

“सानाे शब्द”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…

3 days ago