अन्जु शर्मा
रातोपुल
गोल !गोल!!गोल !!!
च्यामेका आँगनमा चर्को आवाज र खैलाबैला छ।पुतली बारीमा घाँस काट्दै थिइ। घरको खैलाबैलाले हत्तपत्त घरमा आइ।
च्यामे फाटेको फुटबल बोकेर ङिच्च दाँत देखाएर उभिएको छ। छिमेकी भाउजु च्यामेको फुटबल खेल्न पाएकोमा दङ्ग परेकी छन्।
अलमलिदै पुतलीले च्यामेलाई सोधी “हन! के भा छ हौ तिम्लाई ? किन यसरी झोक्रा छौ नि ? यी किन उफ्रिराछिन्?” एकैपटक पुतलीले जिज्ञासा पोखी।
“अघि मात्र किनेर ल्याएको फुटबल ! भाउजु सँग खेल्दा खेल्दै च्यात्तियो।” च्यामेले सहज उत्तर दियो।
“नयाँ फुटबल त तिमीले देख्नै हुन्न नि!” अलि झर्किएर पुतली बोली।
“तँ ..तँ….बढ्ता नबोल है । तँ जैरीलाई भन्दा पहिले देखि म पल्लाघरे भाउजुलाई चिन्छु।” जुँगा मुसार्दै च्यामे मुस्कायो।
शोभा कोइराला तातो हावा अतिशय भयो रोकिने छाँट छैन आषाढैको प्रथम दिनमै खोज्न केही हुँदैन…
मौसमी चंद्रा पटना बिहार गाउँको छेउमा एउटा सानो घर थियो, जहाँ मीरा बस्थी। ऊ सात…
प्रमाेद नेपाल "बाबा ! हजुरकाे र मेराे माेजा उस्तै ।" नातिनीकाे कुरा सुनेर धनबहादुर जिल्ल…
शान्ति भण्डारी दाहाल बुद्धनगर काठमाण्डौँ ऋतु र वर्षा दिदी भाइ थिए । ऋतुले भाइ वर्षालाई…
दुर्गा घिमिरे "बा निकै बिरामी हुनुहुन्छ। डाक्टरले तुरुन्तै अप्रेशन गर्नुपर्छ भनेका छन्। कम्तीमा पचास हजार…