Categories: बाल कथा

प्रतिभा

भूमिका गैरे, तिमिल्सिना
गैंडाकोट ४ , नवलपुर

कति चल्छ सक्छ है यो ? के खाएर आउँदो रहेछ कुन्नी? बाख्राको पुच्छर जस्तो एकछिन नचली बस्न नसक्ने रहेछ? खाली बेन्चबाट उठेर हिँडी रहने किन? कक्षा छ मा पढ्ने रोहन साह्रै चकचके थियो।
हैरान भए म त। बदमासी पनि कति आएको हो ? मान्छे हेर्दा सानो छ । यसले पनि के बदमासी गर्छ जस्तो देखिन्छ तर साथीहरु पनि हैरान छन् । कसैलाई टेर्दैन । शिक्षिकाले भनिन्।
आज शुक्रबारको दिन विद्यालयले चित्रकला प्रतियोगिता राखेको रहेछ।
छैठौँ र सातौँ पिरियडमा लिने भनी जानकारी आयो । सबैलाई पेपर बाँडियो र निर्धारित समय तोकियो । सबैले चित्र गज्जबले कोर्न थाले आफ्नै सुरमा । कोहीले वातावरणका विषयमा , कोहीले विद्यालयको भवन , कसैले बगेको खोला बनाए । यस्तै यस्तै अनेक अनेक चित्र कोर्दै थिए । शिक्षिकाले सबैतिर नजर घुमाउदै थिइन । कलर पनि भरेर चिटिक्क पारे । समय सकियो । ल , अब सबैले पेपर बुझाऊ त ? तिमीहरुको एकछिनपछि नतिजा प्रकाशन हुन्छ भन्ने जानकारी पनि गरियो ।
सबैसँग पेपर जम्मा पार्दै थिइन । कोहीले के त कोहीले के भन्दै चित्रका फाइदा र बेफाइदाका बारेमा बताउँदै गए । रोहनको पालो आयो । यसले त खै के राम्रो बनायो होला भन्दै मुख बङ्ग्याउँदै थिइन शिक्षिका।
रोहन खुसीको मुखमुन्द्रा देखाउँदै थियो । लाग्थ्यो कि , ऊ शिक्षिकाको प्रतिक्षामा थियो । कतिखेर म यो चित्र दिउँला ? नतिजा सायद, आफ्नै पोल्टामा पर्ला कि जस्तो आभाष उसको अनुहारबाट प्रत्यक्ष देखिन्थ्यो ? शिक्षिका नजिकै गएर एकटक हेरिरहिन्।
आश्चर्य मान्दै सोधिन् , ” रोहन तिम्रो चित्रको वर्णन गर त ? छाती फुलाउँदै गर्वका साथ भन्न थाल्यो। जब मानिस यो सांसारिक तनावबाट मुक्त हुँन चाहन्छ नि मेडम । हो , त्यतिबेला ऊ शान्तिको खोजीमा हिमालको काखमुनि नदीको समिपमा गएर एकचित्त भएर ध्यान गर्छ ।” बुझ्नु भो ।
शिक्षिकाको आँखा रसाए , “वाह ! प्रतिभा त अद्भुत रहेछ । बस् हामीले बाहिरी क्रियाकलाप आँकेका रहेछौँ । “

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

मायाप्रेम

शुक्रराज कुँवर धरान १० प्रसव पीडाले रेखा साह छटपटाइरहेकी थिइन्। प्रसुति कक्षमा नर्सहरू आ-आफ्नो जिम्मेवारीमा…

22 hours ago

एकता

तुलसी पण्डित आमा यता हेर्नू न यी कमिलाहरूको करामत, आमाले दृष्टि पुर्याउनु भयो । त्यहाँ…

23 hours ago

परिणाम

धनसिंह विश्व गेजिंग, पश्चिम सिक्किम त्यही दिनदेखि आर्यनले बुवाको अनुहार हेर्नु त के बोलेकै थिएन।…

2 days ago

-एकत्व

विवेक शर्मा गौतम टोखा-३,काठमाडौं “हजुरबा, त्यो रुख किन रोएको जस्तो देखिन्छ ?” आर्यनले सोध्यो। हजुरबाले…

2 days ago

मोबाइलको छायाँ

इन्दु उपाध्याय हेलेम-मिसामारी,आसाम साँझको समय थियो। रोशन कार्यालयबाट फर्किएपछि सोफामा बसेर मोबाइलमा व्यस्त थियो। सामाजिक…

3 days ago

टोपी

अन्जु शर्मा रातोपुल टोपी हिलाम्मे थियो । हिलाम्मे भएका कारण टोपी कस्को भनेर छुट्टाउन कठिन…

3 days ago