रोजिना घिमिरे
आमा, आज म यो झ्यालको एउटा सानो कुनाबाट बाहिरको संसार नियालि रहेकी छु। बाहिरका केटाकेटीहरू
उफ्रिएको, दौडिएको र उनीहरूका पाइलाले धर्ती थर्काएको सन्दा मेरो छाती भित्र एउटा हुरी चल्छ। मेरो यो ओछ्यान,
मेरो यो ह्वीलचेयर, र मेरा यी निष्प्राण जस्ता लाग्ने अङ्गहरू—के मेरो नियति यही नै थियो त ? म आज
तिमीलाई कुनैगुनासो गर्न होइन, तर एउटा अधुरो अस्तित्वको ऐना देखाउन उभिएकी छु। आमा, यदि तिमीले त्यो
नौ महिना, जब म तिम्रो कोखको अँध्यारोमा आफ्नो आकार लिँदै थिएँ, अलि कति मात्र होसियारी अपनाइ दिएको
भए, अलि कति मात्र आफ्नो स्वास्थ्यको ख्याल गरिदिएको भए, सायद आज म यसरी अरूको सहारामा सास
फेरि रहेकी हुने थिइनँ।
तिमी भन्छौ नि , “दैवको लिला हो, कर्मको फल हो।” तर आमा, सधैँ दोष भाग्यलाई मात्र दिएर हामी उम्किन पाउँछौँ
र ? मेरो यो अवस्था कुनै अदृश्य शक्तिले कोरेको रेखा मात्र होइन, यो त ती दिनहरूको असावधानीको उपज पनि
हो। जब तिमी गर्भवती थियौ, के तिमीलाई कसैले भनेन—तिमीले खाने प्रत्येक गाँसले मेरो हड्डी बनाउँदैछ,
तिमीले फेर्ने प्रत्येक सासमा मेरो फोक्सो फुल्दैछ ? तिमीले पर्याप्त आइरन र फोलिक एसिड खाइ दिएको भए सायद
मेरो मेरुदण्ड यसरी अधुरो रहनेथिएन। भिटामिन र खनिजको त्यो सानो अभावले आज मलाई जीवनभरको अभाव
उपहार दिएको छ।
त्यो बेला तिमीलाई ज्वरो आउँदा वा सानो सक्रंमण हुँदा तिमीले “ठिक भइहाल्छ नि” भनेर टारेकी थियौ रे। तर
आमा, तिम्रो त्यो सानो हेलचेक्र्याइँ मेरो मस्तिष्कको विकासका लागि कति घातक भयो होला, तिमीले सोचेकी
थियौ ? गर्भावस्थाको पहिलो तीन महिना, जब मेरो शरीरका मुख्य अङ्गहरू बन्दै थिए, त्यति बेला तिमीले गरेको
कडा परिश्रम, उचालेका भारी र सहेका तनावहरूले मेरो कोमल अस्तित्वलाई कति क्षतविक्षत बनायो होला! आज म
आफ्नै खुट्टामा उभिन खोज्दा मेरो शरीरले साथ दिँदैन, किनकि मेरो जग नै कमजोर बनाइयो।
आमा, स्वास्थ्य चौकी टाढा थियो होला, घरको कामको चाप थियो होला, तर के मेरो भविष्य ती सबैभन्दा
महत्वपूर्ण थिएन र ? समयमा गरिने गर्भ जाँच, टि टी सुई, र सन्तुलित भोजन—यी केवल स्वास्थ्यका कुरा मात्र
थिएनन,यी त मेरो पूर्काणताका आधारहरू थिए। यदि तिमीलेआयोडिन यूक्त ननुको महत्व बझिुझिदिएको भए, यदि
तिमीले धुँवा र प्रदषूणबाट आफूलाई जोगाइदिएको भए, सायद आज मेरो बोली स्पष्ट हुन्थ्यो, मेरा हातहरू बलिया
हुन्थे।
अहिलेम तिम्रो आँखामा आँसु देख्छु, तिमी मलाई हेरेर पश्चाताप गर्छौ । तर यो पश्चातापले मेरा बाङ्गिएका
खुट्टाहरु सिधा हुँदैनन। म चाहन्छु, आज म मार्फत ती सबै आमाहरूले सुनुन जो भोलि सन्तान जन्माउने तयारीमा
छन। गर्भावस्था भनेको केवल एउटा बच्चालाई पेटमा बोक्नुमात्र होइन, यो त एउटा नयाँ जीवनको इन्जिनियरिङ
हो। एउटा सानो गल्ती, एउटा सानो लापरबाहीले एउटा मान्छेलाई जीवनभरका लागि ‘अपाङ्गता’ को ट्याग
भिराइदिन सक्छ। मलाई यो अपाङ्गता समाजले दिएको होइन आमा, यो त मेरो निर्माणको क्रममा भएको त्रुटि हो।
तिमीलाई थाहा छ ? मलाई सबभैन्दा धेरै पीडा तब हुन्छ, जब म देख्छु कि यो सबै टार्न सकिन्थ्यो। यो रोक्न सकिने
पीडा थियो। यदि तिमीले गर्भावस्थामा मदिरा वा जथाभाबी औषधि सेवन नगरेको भए, यदि तिमीले आफ्नो
रक्तचाप र मधुमेहको नियमि त जाँच गराएको भए, आज म पनि अरू जस्तै उफ्रिएर तिम्रो काखमा आउने थिएँ।
मेरो यो मौन क्रन्दन केवल मेरो मात्र होइन, म जस्तै हजारौँ बालबालिकाको हो जो जन्मिनु अघि नै’अधुरो’ बनाइए।
आमा, म तिमीलाई माया गर्छु, तर मेरो यो अवस्थाको ऐनाले तिमीलाई सधैँ झस्काइरहनुपर्छ। स्वास्थ्य सेवामा
पहुँच हुनुमात्र ठूलो कुरा होइन, त्यो पहुँचको सही समयमा सदपुयोग गर्नु जीवन र मरणको सवाल हो। मलाई आज
समाजले’बिचरी’ भन्छ, कसैले’ पुनरजन्मको पाप’ भन्छन। तर मेरो पाप के थियो र ? म त केवल तिम्रो कोखमा
आश्रित एउटा निर्दोष ज्यान थिएँ।
त्यसृले आमा, अब आउनेपिँढीका लागि भनि देऊ—गर्भावस्थामा आमाको स्वास्थ्य नै बच्चाको भाग्य हो।
नियमि त जाँच, पौष्टिक आहार, मानसिक शान्ति र समयमै स्वास्थ्यकर्मीको सल्लाह नै एउटा पूर्ण स्वस्थ
जीवनको साँचो हो। मेरो यो भावविह्वल मनोवाद केवल मेरो दुखको कथा होइन, यो त एउटा ठूलो पाठ हो। म त
अब यसरी नै बाँच्नपुर्छ, तर अरू कोही बच्चाले आफ्नो आमाको सानो गल्तीको सजाय जीवनभर भोग्नु नपरोस।
मेरो शरीरका अङ्गहरू नचले पनि मेरो चेतना त चल्छ नि आमा! म बुझ्छु, म देख्छु र म महशुस गर्छु। हरेक पटक
मलाई बाटो काट्न वा खाना खान अरूको सहारा चाहिँदा, म भित्रभित्रै मर्छु। यो मरणभन्दा ठूलो सजाय के हुन
सक्छ ? यदि तिमीलेत्यो नौ महिना आफ्नो ख्याल राखिदिएको भए, आज म तिम्रो सहारा बन्नेथिएँ, तिम्रो बोझ
होइन। आमा, मलाई माफ गरि देऊ कि म तिम्रो अपेक्षा अनुसारको बच्चा बन्न सकिनँ, तर सत्य यही हो—यसमा
मेरो भन्दा बढी तिम्रो भुमिका थियो। अबका दिनमा कुनैपनि आमाले आफ्नो कोखलाई असावधानीको बन्धक
नबनाऊन, यही नै मेरो अन्तिम पुकार हो।
निमा छिरिङ भोटिया जलढाका कालेबुङ भारत बिहानबाट आज छोरीको पाठशाला जाने चहल पहल छैन। छोरीको…
कृष्णशरण उपाध्याय पौडेल बस्छन् जङ्गलमा सारा , घुमन्ते जन राउटे निल्छन् पीडा व्यथा गाह्रा ,…
नववर्ष२०८३को हार्दिक शुभकामना ......... गणेश आत्रेय मदनपोखरा,तानपा-९,पाल्पा थोत्रा पुराना चिज हेय मानिने। नौला नयाँ प्रेय…
माहेश्वरी भट्ट , कञ्चनपुर नयाँ वर्षको बिहान। रामप्रसादले पसलको सटर आधा खोलेर बाहिर हेर्यो। सहर…
पुण्यप्रसाद घिमिरे हेर काे पाे, आएछ, हाँसाे खुशी, ल्याएछ। चैतपछि, पुलुक्क, नयाँ वर्ष, झुलुक्क।। पात्राेबाट,…