Warning: Constant DISALLOW_FILE_EDIT already defined in /home/sarathib/public_html/wp-content/themes/Newspaper/functions.php on line 5
“बाह्र महिना” | सारथि बाल पत्रिका
Categories: कविता

“बाह्र महिना”


नरिश्वर गौतम
काठमाडौँ

पहिलो महिना वैशाख
नयाँ वर्ष आउने
दोस्रो महिना जेठमा
गर्मीले सताउने।।

तेस्रो महिना असार
दही चिउरा खाने
चौथो महिना साउन
लुतो फालिजाने।।

पाँचौँ महिना भदौमा
तीजको दर खाने
जात्रा लाखे हेरेर
सबै जना रमाउने।।

छैटौँ महिना असोज
बडादशैँ मनाउने
सातौँ महिना कार्तिक
झिलिमिली छाउने।।

आठौँ महिना मंसिर
भकारीमा अन्न
नवौँ महिना पुषमा
जाडो अन्नाधुन्न।।

दशौँ महिना माघमा
तरुल चाकु खिचडी
फागुन महिना एघारौँ
चल्छ हावाहुरी।।

बाह्रौँ महिना चैत
चाहिँ सुक्खा अनि खडेरी
चैतपछि अर्को वर्ष
शुरु हुन्छ फेरि।।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“तिहार”

नरिश्वर गौतम हटिगयो धुलोमैलो छैन कतै फोहोर रङ्गीचङ्गी बत्तीले रङ्गिए गाउँशहर।। देउसीभैलो घन्काउँदै साथीभाइ परिवार…

1 hour ago

पुनरावृत्ति

महेन्द्र नेउपाने लोकन्थली,भक्तपुर आज भाइटिकाको दिन। बिहानै उठेर ड्रइङ रुमको सोफामा बसेको थिएँ। आँखा सिधै…

1 hour ago

धेरै दिन विद्यालय बन्द हुँदा बालबालिका, अभिभावक र समाजमा देखिएका असरहरू

  १. बालबालिकाको दिनचर्यामा परिवर्तन लामो बिदा भएपछि धेरै बालबालिकाको दिनचर्या घरमै सीमित हुन्छ। बिहान…

2 hours ago

देउसी

बलराम दंगाल रत्ननगर,चितवन हाल-अष्ट्रेलिया “भन भन भाइ हो, देउसी रे!” भाइटीकाको अघिल्लो साँझ। अष्ट्रेलिया होवार्डको…

2 hours ago

“खोइ !”

हरिशरण ढुङ्गाना दसैं आयो तिहार आयो नाना किन्या खै बिदा भयो घरै छु म मिठो…

1 month ago

दशैँ, खबर ल्याऊ है

अन्जु चालिसे रुपान्जली तिमी आउँदैछौ रे, गाउँका गोरेटो हुँदै, पहाडमा घाम छर्दै, कसैको आँगनमा खुसी,…

1 month ago