भगवती शर्मा
लाग्यो असार महिना अब आजदेखि
गर्मी हटेर सुरु हुन्छ झरी विहारी
उठ्छन् सुतेर रहने बिरुवा अनेक
फुल्छन् गुलाफ पनि कञ्चन एक एक।
कीरा चरा र पशुले पनि फेर्छ बोली
नाँचेर गाउँछ त्यहाँ मृदुबात खोली
खोलो नदी सरहको बहुतै करायो
गर्जिन्छ बादल घुमी नगरा बजायो।
धर्ती बनिन् नववधू रङरूप घोली
सारी धरेर हरियो हरियै छ चोली
फुस्रो धुलो मयल छैन शरीर चङ्गा
हुन्छिन् अचम्म सँगकी सुकिली र दङ्ग।
सुख्खा मुहान पनि मूल फुटेर आए
आफ्ना जहान परबाट जुटेर आए
पाक्छन् सबेर घरमा परिकार खाजा
नारेर गोरु बलिया कृषिमा रमाए।
हाँस्छन् किसान जब त्यो दुखकष्ट बिर्सी
यस्तो असार कसले गरिदिन्छ सृष्टि
आएन यो यदि असार भने रहदैन खेला
रोएर बस्छ कृषि कर्म गरिँदैछ हेला।
शशि अर्याल लम्साल मेरो सानो कोठा छ काेठामा एउटा ढाेका छ ढाेकाकाे छेउमा टेबुल गर्छु…
मोहन प्र घिमिरे शान्तिनगर, शिद्धिचरण मार्ग, वानेश्वर आयौ शरद् घरैमा आनन्दको छ बेला मीठो समीर…
उषा बस्ताकोटी खनाल जूनमामा आफ्नै घर फर्की आउँछन् तारा पनि आफ्नै घर झल्मलाउँछन् दशैँ आयो…
बालबालिकाविरुद्ध हिंसा अन्त्यसम्बन्धी राष्ट्रिय कार्यशालामा मन्त्री सिता बादीको सहभागिता, “बालबालिकाको सुरक्षा र सम्मानमा कुनै सम्झौता…
बलराम दंगाल रत्ननगर, चितवन हाल–अष्ट्रेलिया साँझ पर्न लागेको थियो। असफलताले थाकेको युवक पीपलको रूखमुनि बसेका…