Categories: बाल कथा

बालक र ढुकुर

रामचन्द्र ढकाल  ‘आर.सी.अज्ञात’
भरतपुर-६, इन्द्रुपुरी, चितवन

लावण्य देशको दश बाह्र बर्षे बालक बबिन अरूको देखासिकी गरेर गुलेली खेलाउन थाल्यो । खेलाउँदा खेलाउँदै उसको हात बसिसकेको थियो । गुलेली ताकेर हानेपछि ढुकुर खसालिहाल्थ्यो । एक दिनको कुरा हो रूखको हाँगाको टुप्पामा ढुकुर कुर्लेको थियो । हचुवामा कुर्लेको ठाउँमा गुलेलीले प्रहार गर्यो । एउटा ढुकुर उड्यो एउटा तल खस्यो । छट्पटाइ रहेको घाइते ढुकुर च्याप्प समात्यो अनि रूखमा हेर्छ त गुँड पो रहेछ । गुँडमा दुईवटा बचेरा पनि रहेछन् । सानो बालक बबिनले गुँड र बचेरा देखेपछि उसको मुटुले ठाउँ छोड्यो । अनि घाइते ढुकुर र गुँड सहित बचेरा घरमा लिएर गयो । औषधी लगाउँनुपर्यो भनेर ढुकुरमा चोट कहाँ लागेछ हेर्यो तर कतै देखेन । आफू सुत्ने कोठामा राखेर एउटा कचौरामा पानी अनि ढुकुरलाई चारो राखेर डोकाले थुनिदियो अनि आफू बाहिरियो।


बालक घरिघरि भित्र छिरेर ढुकुरले चारो पानी खायो कि खाएन हेर्ने गर्दथ्यो । तर ढुकुरले बिल्कुल खाएन । बालक झन् अतालिन थाल्यो । घरमा थाहापाए गाली गर्छन् भनेर कसैलाई बताएन । साना बचेरालाई खुवाउन थाल्यो । ढुकुरको माउलाई पनि समातेर खुवाथ्यो तर ढुकुरले निल्दैनथ्यो । ढुकुरले बचेरा हेर्दै हेर्दैनथ्यो । एक दिन बित्यो । भोलिपल्ट पनि त्यसै गर्यो तर ढुकुरले खाएन । पर्सिपल्ट बिहान हेर्दा ढुकुर अनि ढुकुरका बचेरा मरेको पायो । बालकका आँखामा सजल नयन भएर आँशु टिप्किन थाले । त्यो दृश्यले बालक बबिनको हृदयमा चोट पुर्यायो बरर आँशु झरे । पश्चातापले पोल्यो । त्यसपछि बालकले अब आइन्दा कदापि चरा नमार्ने अरूले हिंसावृत्ति गरेर मारेको सिनो पनि नखाने मन मनमा सङ्कल्प गर्दै आफूसँग भएको गुलेली , ढुकुर अनि ढुकुरका बचेरा कसैले नदेख्ने गरि मलखातोमा लगरे पुऱ्यो । बालक बबिन ढुकुरलाई मलखातोमा पुरेर भावविह्वल बनी आँशु पुछ्दै आफ्नो कोठा तिर फर्किंयो।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

मायाप्रेम

शुक्रराज कुँवर धरान १० प्रसव पीडाले रेखा साह छटपटाइरहेकी थिइन्। प्रसुति कक्षमा नर्सहरू आ-आफ्नो जिम्मेवारीमा…

22 hours ago

एकता

तुलसी पण्डित आमा यता हेर्नू न यी कमिलाहरूको करामत, आमाले दृष्टि पुर्याउनु भयो । त्यहाँ…

22 hours ago

परिणाम

धनसिंह विश्व गेजिंग, पश्चिम सिक्किम त्यही दिनदेखि आर्यनले बुवाको अनुहार हेर्नु त के बोलेकै थिएन।…

2 days ago

-एकत्व

विवेक शर्मा गौतम टोखा-३,काठमाडौं “हजुरबा, त्यो रुख किन रोएको जस्तो देखिन्छ ?” आर्यनले सोध्यो। हजुरबाले…

2 days ago

मोबाइलको छायाँ

इन्दु उपाध्याय हेलेम-मिसामारी,आसाम साँझको समय थियो। रोशन कार्यालयबाट फर्किएपछि सोफामा बसेर मोबाइलमा व्यस्त थियो। सामाजिक…

3 days ago

टोपी

अन्जु शर्मा रातोपुल टोपी हिलाम्मे थियो । हिलाम्मे भएका कारण टोपी कस्को भनेर छुट्टाउन कठिन…

3 days ago