रामचन्द्र ढकाल ‘आर.सी.अज्ञात’
भरतपुर-६, इन्द्रुपुरी, चितवन
लावण्य देशको दश बाह्र बर्षे बालक बबिन अरूको देखासिकी गरेर गुलेली खेलाउन थाल्यो । खेलाउँदा खेलाउँदै उसको हात बसिसकेको थियो । गुलेली ताकेर हानेपछि ढुकुर खसालिहाल्थ्यो । एक दिनको कुरा हो रूखको हाँगाको टुप्पामा ढुकुर कुर्लेको थियो । हचुवामा कुर्लेको ठाउँमा गुलेलीले प्रहार गर्यो । एउटा ढुकुर उड्यो एउटा तल खस्यो । छट्पटाइ रहेको घाइते ढुकुर च्याप्प समात्यो अनि रूखमा हेर्छ त गुँड पो रहेछ । गुँडमा दुईवटा बचेरा पनि रहेछन् । सानो बालक बबिनले गुँड र बचेरा देखेपछि उसको मुटुले ठाउँ छोड्यो । अनि घाइते ढुकुर र गुँड सहित बचेरा घरमा लिएर गयो । औषधी लगाउँनुपर्यो भनेर ढुकुरमा चोट कहाँ लागेछ हेर्यो तर कतै देखेन । आफू सुत्ने कोठामा राखेर एउटा कचौरामा पानी अनि ढुकुरलाई चारो राखेर डोकाले थुनिदियो अनि आफू बाहिरियो।
बालक घरिघरि भित्र छिरेर ढुकुरले चारो पानी खायो कि खाएन हेर्ने गर्दथ्यो । तर ढुकुरले बिल्कुल खाएन । बालक झन् अतालिन थाल्यो । घरमा थाहापाए गाली गर्छन् भनेर कसैलाई बताएन । साना बचेरालाई खुवाउन थाल्यो । ढुकुरको माउलाई पनि समातेर खुवाथ्यो तर ढुकुरले निल्दैनथ्यो । ढुकुरले बचेरा हेर्दै हेर्दैनथ्यो । एक दिन बित्यो । भोलिपल्ट पनि त्यसै गर्यो तर ढुकुरले खाएन । पर्सिपल्ट बिहान हेर्दा ढुकुर अनि ढुकुरका बचेरा मरेको पायो । बालकका आँखामा सजल नयन भएर आँशु टिप्किन थाले । त्यो दृश्यले बालक बबिनको हृदयमा चोट पुर्यायो बरर आँशु झरे । पश्चातापले पोल्यो । त्यसपछि बालकले अब आइन्दा कदापि चरा नमार्ने अरूले हिंसावृत्ति गरेर मारेको सिनो पनि नखाने मन मनमा सङ्कल्प गर्दै आफूसँग भएको गुलेली , ढुकुर अनि ढुकुरका बचेरा कसैले नदेख्ने गरि मलखातोमा लगरे पुऱ्यो । बालक बबिन ढुकुरलाई मलखातोमा पुरेर भावविह्वल बनी आँशु पुछ्दै आफ्नो कोठा तिर फर्किंयो।
घनश्याम रेग्मी "कहिल्यै बिरामी पर्नु भएको छ ?" कसैले प्रश्न गर्यो भने म लगायत…
शम्भु ढकाल सूर्याेदय न पा १२ आठघरे,इलाम "के गर्दै हुनुहुन्छ आमा ?" साँझपख छाेरीले फाेनमा…
शोभा कोइराला वसन्तकी सुन्दर पुष्प नारी लज्जा भएकी पनि दिव्य नारी नारी बिनाको घर नै…
सुरेशकुमार पाण्डे दाङ घोराही १८ "ओहो बालकले के काम गर्छ ?"- डाक्टर पुनितले रामेको हात…
गणेश आत्रेय मदनपोखरा,पाल्पा हाम्रो नाति छ हेर; अल्छी छैन ल हेर। प्रातः काल सबेर; उठ्छ…