नवराज चौलागाईं क्षितिज
बिहान उठी आमाले माटोले घर पोतेको
कति मज्जा बाबाले हल गोरु जोतेको
लामकाने बाख्रीले दुइटा मुना पाएको
याद आउँछ बालापन कट्टु गन्जी लाएको
वनभोज खान भनेर चार पाच रुप्पे मागेको
काफल चुत्रो खानलाई स्कुलबाट भागेको
घट्ट जाने निउगरी पौडी खेल्न गइन्थ्यो
स्कुलका साथी भाइ सङ्गै सङ्गै भइन्थ्यो
कोही साथी परदेशमा कोही साथी गाउँमा
लेखेको छु यो यी पङ्ति तिमीहरूकै नाउँमा।
दुर्गा घिमिरे "बा निकै बिरामी हुनुहुन्छ। डाक्टरले तुरुन्तै अप्रेशन गर्नुपर्छ भनेका छन्। कम्तीमा पचास हजार…
रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ मोबाइल हेर्ने बानीले दिक्कै पारिन् नानीले किताब पढ्न हुन्न र ?…
डा छायादत्त न्यौपाने फर्की आऊ युवा तिमी बाँझो खेत भन्छ श्रम गरे हात चले घरै…