नवराज चौलागाईं क्षितिज
बिहान उठी आमाले माटोले घर पोतेको
कति मज्जा बाबाले हल गोरु जोतेको
लामकाने बाख्रीले दुइटा मुना पाएको
याद आउँछ बालापन कट्टु गन्जी लाएको
वनभोज खान भनेर चार पाच रुप्पे मागेको
काफल चुत्रो खानलाई स्कुलबाट भागेको
घट्ट जाने निउगरी पौडी खेल्न गइन्थ्यो
स्कुलका साथी भाइ सङ्गै सङ्गै भइन्थ्यो
कोही साथी परदेशमा कोही साथी गाउँमा
लेखेको छु यो यी पङ्ति तिमीहरूकै नाउँमा।
कृष्ण शरण उपाध्याय बच्चा स्वस्थ बलिष्ष्ठ अब्बल बनून्, ती देशका हुन् जग बच्चा हृष्ट र…
रामप्रसाद पन्थी रेसुङ्गा न पा २,गुल्मी पाेहाेर सम्म आमासित मामा घर जान्थें म मामाघर टन्न…