Categories: कविता

“बाला उमेर”


गंगा खड्का
बूढानीलकण्ठ,काठमाडौँ

गाउँघर घुमेर
बित्यो बाला उमेर
साथीसङ्गी साथैमा
दिन जान्थ्यो बातैमा।

वनपाखा भीरैमा
घुम्थ्यौँ नदी तिरैमा
मन हुन्थ्यो फुरुक्क
खेल्न थाल्थ्यौँ सुरुक्क।

न त पिर्थ्यो भोकले
न त मार्थ्यो शोकले
मन सधैँ पवित्र
हर कुरा विचित्र।

पिप्लमेट किनेर
दिनुहुँदा बाबाले
खाने गर्थेँ रमाई
मायाप्रीति जमाई।

खुसी हुँदै आमाले
जिस्काउने नामले
डाक्नुहुन्थ्यो मलाई
जादुटुना चलाई।

मने पनि मसँग
पर्दै अझै झन् दङ्ग
उफ्री आई टाँसिन्थ्यो
खुबसित हाँसिन्थ्यो।

श्रोतः नेपाली बालसाहित्य

सारथि बाल पत्रिका

View Comments

Recent Posts

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

1 hour ago

“आउँछ खरर”

धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…

1 hour ago

“म हुँ बाँदर”

युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…

2 hours ago

‘फलामे गेट’ मञ्चित, नाटककार भुसाल सम्मानित

काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…

1 day ago

“म नेपाली छोरी”

रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…

1 day ago

“सानाे शब्द”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…

2 days ago