सुरेशकुमार पाण्डे
दाङ घोराही १८
भाउजु तपाईँ अलिपर जानोस् !-पल्विले मीनालाई धकेल्दै भनी।’ तीजको रमझम थियो कोही नाचेका थिए कसैले दर पकाएका थिए। नानी मलाई थोरै पिउँनलाई तातो पानी चाहिएको छ!-मीनाले आफ्नो लोटा सर्काउँदै भनी।’ “टाउको दुखेर होला चुन्निले टाउको बाँधेकी थिई।” देख्नु हुँदैन हामी सबै काममा लागेका छौँ। एकछिन पछि दिन्छु अलिपर बस्नोस् !
पल्विले अलि चर्को स्वरमा हकार्दै भनी।, नानी बिर्सनुभयो कि ? धेरैवेर भयो कसैले व़ास्था नगरेपछि मिनाले सोधी।’ बिर्सेकी छैंन् मैले एकछिन पछि आफैँ दिन्छु !-ऊ फेरी चर्को स्वरमा बोली।’ “आमा! हजूरलाई कति चोटी भनेको मैले; नछुने भएकालाई बसाल्ने छुट्टै “छाउगोठ” बनाइदिनोस् !-पल्वीले आफ्नो आमालाई आदेश गरी।’ त्यो देखेर मिनाको सहनसिलताको बाँध टुट्यो। ऊ जुरूक्क उठी चुलामा गएर पानी आफैँले तताएर लगी ।’ सबैले एक अर्काको अनुहार ताकाताक गर्नथाले।
काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…
रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…
पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…
धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…