Categories: बाल कथा

बुकी फूल


हेमराज अधिकारी
सिक्किम/भारत

कान्लाकुन्लीमा फुलेको बुकी फूल देखेर हर्के रोकियो। न मल, न पानी, न हेरचाह । ढुङ्गाको छाती चिरेर पनि फुलेको।
क्षणभर उसलाई लाग्यो। “संघर्षले त आखिर जिताउँछ।”
तर हर्के धेरै अनुभवी थियो। उसले फूल टिप्यो, हातमा लियो र बाटोमै फ्याँकिदियो।
“यो फूल फुलेर के भयो ?” उसले आफैँलाई सोध्यो। न कसैले खोज्यो, न कसैले बचायो। फुलेको मात्रै कारणले कुनै अर्थ बनेन। कठै कति घामपानी,हावा-हुण्डरी, चैत-वैशाख सह्यो। दर्के झरीमा पनि हाँस्यो। भीषण गर्मी पनि सह्यो।
घर फर्कँदा हर्के हाँस्यो। बुकी फूल होइन, उसको आफ्नै जीवन सम्झेर।
अन्ततः उसले बुझ्यो यहाँ नफुल्ने हार्छ, फुल्ने जित्छ।
घरमा पुगेर श्रीमतीको नाम लिँदै करायो। “ए बाटुली! यहाँ त उपयोगी मात्र बाँच्दो रहेछ। बुकी फूल र म बाँचे जस्तै।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय

मन्त्री सिता बादीको उपस्थितिमा विद्यालय सञ्चालनका लागि समझदारीपत्रमा हस्ताक्षर ललितपुर, असोज ३०। भोटेकोशी रसुवा बाढीबाट…

12 hours ago

नटालिने छिद्र

महेन्द्र न्यौपाने लोकन्थली,भक्तपुर “एउटी किशोरीको दिनदहाडै बलात्कार भयो त?” एक पत्रकारले एआईलाई सोधे। “यो दण्डहीनताको…

13 hours ago

मुकुण्डो

सालिक राम सत्याल बाँके ३खजुरा, हाल-मलेसिया हरिप्रसादको समाजसेवाको चर्चा गाउँदेखि सहरसम्म फैलिएको थियो। गरिबका पीडामा…

13 hours ago

अबला

फिराक गोर्खाली गुवाहाटी असम “होइन हो दाइ, तपाईँ कार्यक्रममा आउनुभएन त ?” “बहिनी, समय नै…

2 days ago

“कान्छो रमायो”

रमेशचन्द्र घिमिरे पानी पर्न छोडेर अब घमायो दसैँ आइसकेछ कान्छो रमायो बाको हातमा कापी र…

2 days ago

अबगाल

महेन्द्र नेउपाने लोकन्थली, भक्तपुर “आज नाति केटाले कम्ता गाल पारेन।” दसैँ मान्न घर आएको दस…

2 days ago