वीरेन्द्र ढकाल
नाग्रिजुली,असम

खोलानाला सुकेर अर्को झरी पर्खेका छन्। काँसहरू पूर्ण यौवनले मदमस्त भएर सेताम्मे छन्। अलि अलि मृदु चिसो सिरेटो बिहानीपख ! शरद, तिमी आउँदा खुसी र हर्ष ल्याउँछौ। कमेरो माटोको गन्ध सेतो र रातोमा। पटुवा बटुल्ने अनि कामधन्दा सकेर पुरुषहरू मिलेर लठारो बटार्ने प्यारो परम्परा छदैँछ। दही-चिउरा-मासु खाएर लिङ्गे पिङमा मच्चिने मजा नै अर्को छ। कति प्यारो छ मैले मानिल्याएको बाजेबराजुदेखिको परम्परा ! सबलाई प्यारो छ आफ्नो गाउँ। आफ्नो ठाउँ! ओहोरदोहोर गर्दा पनि निकै ठूलाठूलाका सपना मुखमा सुनिन्छ __ ‘मामाघर जाने, टिकी लगाउने।’
बिर्खे मालिकसँग गन्थन गर्दैछ। ‘बडादसैँ आयो मालिक। खर्च अलिक बढ्छ।’
‘चर्को नबोल न बिर्खे… !’ मालिकले भने। त्यसैबेला मालिककी पत्नी मालिक्नीले हातमा कैयौँ वर्ष अघिको छोरीको कपडा ल्याएर दिँदै भन्छिन् _ ‘ठूले, छोरीलाई दिनु। कपडा त कपडा नै हो।’
बिर्खे बोलेन। पसिनाको अमिलो स्वाद र कमाइ उसले दिनहुँ चाखेको छ। बैँस रहुञ्जेल पैसा, यो पनि बुझेको छ उसले। त्यसैले बैँसैमा उसले कमाउने धुनमा जुनेली भित्रायो अनि मायालु मुटुको प्यारो टुकडो ज्योति पायो।
थकान र पसिनामा लतपतिएको बिर्खे एउटा समस्या दुर भएको महसुस गर्दै घर पुग्छ।
‘दसैँमा पनि पुरानो लुगा! नाइ, म त लगाउँदिन!’ तोते बोलीमा ज्योति फनफनिई। रिसाउँदा उसका दुबै स-साना गोल गोल गाला फुलाएको गुब्बाराजस्तै देखिन्छन्।
‘भैगो, छोरी। भोलि बुधबारे हाट जाने है त! ज्योतिको अनुहार उज्यालो हुनुपर्छ। अहिले त हाँस।’ बिर्खेले पहिलोचोटि पाँच-छ वर्षकी अबोध छोरीलाई प्रतिज्ञा सुनायो। ऊ मनमनै सोच्तैछ _’स्यानी छ। यत्रो जान्दछे, नयाँ र पुरानो!’
मध्यरातमा ज्योति उठ्छे, उज्यालो खोज्दै। कीराहरू किरकिर गरिरहेका छन्, सुनसान रातमा।
‘छिटो उठ्नु भनेको, कहिल्यै उज्यालो हुँदैन!’ हाइ काढ्दै गनगनाउँछे ज्योति।
‘सुत नानु! अब एकक्षणपछि घाम झुल्किन्छन्।’ जुनेलीले कपाल सुमसुमाइ दिँदै भनिन्।
भोक, तिर्खा छैन ज्योतिको। विशाल धरतीमा रमाइलोमात्र छ उसका लागि! बिर्खेको काँधमा छे, ज्योति। जुनेली पछि पछि। बिहान कै कुरो हो। बाटोमा जसलाई भेट्यो, ज्योति तोते बोलीले स्वासै नरोकी भन्छे_ ‘म हाट जादैँछु। यसपालि दसैँमा नयाँ नाना किन्न।’

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

क्षमता

डा छायादत्त न्यौपाने बिहान ७ बजेतिरकाे समय। क्याम्पसमा पढाउँदै थिएँ। बाहिर बरन्डाकाे कलह सुनियाे ।…

16 hours ago

मूल्य

देबी प्रसाद थापा'मामा' मणिपुर धेरै वर्षपछि दशैँमा छोरो घर आयो। उसले आमालाई भन्यो,"अब यी पुराना…

17 hours ago

महँगी

महेन्द्रकुमार खत्री तुल्सीपुर साथी भाइलाई जिस्क्याउदा त "लिच्ची चोरको सन्तान" भनेर व्यङ्ग्य गरिन्थ्यो। किनकि लिच्ची…

17 hours ago

“उदास छन्”

कृष्णशरण उपाध्याय पौडेल चरी उदासी बचरा उदास छन् अनेक झुप्रा टहरा उदास छन्। उदास लाग्छन्…

2 days ago

सत्य

माहेश्वरी भट्ट कञ्चनपुर “मोबाइल खोस्ने अधिकार कसले दियो ?” “विद्यार्थीमाथि हिंसा गर्ने शिक्षिकालाई कारवाही गर…

2 days ago

रित्तो चौतारी

शालिकराम सत्याल गाउँको सिरानमा रहेको बूढो बरको रूखमुनि बसेर हरि दाइ एकटकले बाटोतिर हेरिरहेका थिए।…

2 days ago