वीरेन्द्र ढकाल
नाग्रिजुली,असम

खोलानाला सुकेर अर्को झरी पर्खेका छन्। काँसहरू पूर्ण यौवनले मदमस्त भएर सेताम्मे छन्। अलि अलि मृदु चिसो सिरेटो बिहानीपख ! शरद, तिमी आउँदा खुसी र हर्ष ल्याउँछौ। कमेरो माटोको गन्ध सेतो र रातोमा। पटुवा बटुल्ने अनि कामधन्दा सकेर पुरुषहरू मिलेर लठारो बटार्ने प्यारो परम्परा छदैँछ। दही-चिउरा-मासु खाएर लिङ्गे पिङमा मच्चिने मजा नै अर्को छ। कति प्यारो छ मैले मानिल्याएको बाजेबराजुदेखिको परम्परा ! सबलाई प्यारो छ आफ्नो गाउँ। आफ्नो ठाउँ! ओहोरदोहोर गर्दा पनि निकै ठूलाठूलाका सपना मुखमा सुनिन्छ __ ‘मामाघर जाने, टिकी लगाउने।’
बिर्खे मालिकसँग गन्थन गर्दैछ। ‘बडादसैँ आयो मालिक। खर्च अलिक बढ्छ।’
‘चर्को नबोल न बिर्खे… !’ मालिकले भने। त्यसैबेला मालिककी पत्नी मालिक्नीले हातमा कैयौँ वर्ष अघिको छोरीको कपडा ल्याएर दिँदै भन्छिन् _ ‘ठूले, छोरीलाई दिनु। कपडा त कपडा नै हो।’
बिर्खे बोलेन। पसिनाको अमिलो स्वाद र कमाइ उसले दिनहुँ चाखेको छ। बैँस रहुञ्जेल पैसा, यो पनि बुझेको छ उसले। त्यसैले बैँसैमा उसले कमाउने धुनमा जुनेली भित्रायो अनि मायालु मुटुको प्यारो टुकडो ज्योति पायो।
थकान र पसिनामा लतपतिएको बिर्खे एउटा समस्या दुर भएको महसुस गर्दै घर पुग्छ।
‘दसैँमा पनि पुरानो लुगा! नाइ, म त लगाउँदिन!’ तोते बोलीमा ज्योति फनफनिई। रिसाउँदा उसका दुबै स-साना गोल गोल गाला फुलाएको गुब्बाराजस्तै देखिन्छन्।
‘भैगो, छोरी। भोलि बुधबारे हाट जाने है त! ज्योतिको अनुहार उज्यालो हुनुपर्छ। अहिले त हाँस।’ बिर्खेले पहिलोचोटि पाँच-छ वर्षकी अबोध छोरीलाई प्रतिज्ञा सुनायो। ऊ मनमनै सोच्तैछ _’स्यानी छ। यत्रो जान्दछे, नयाँ र पुरानो!’
मध्यरातमा ज्योति उठ्छे, उज्यालो खोज्दै। कीराहरू किरकिर गरिरहेका छन्, सुनसान रातमा।
‘छिटो उठ्नु भनेको, कहिल्यै उज्यालो हुँदैन!’ हाइ काढ्दै गनगनाउँछे ज्योति।
‘सुत नानु! अब एकक्षणपछि घाम झुल्किन्छन्।’ जुनेलीले कपाल सुमसुमाइ दिँदै भनिन्।
भोक, तिर्खा छैन ज्योतिको। विशाल धरतीमा रमाइलोमात्र छ उसका लागि! बिर्खेको काँधमा छे, ज्योति। जुनेली पछि पछि। बिहान कै कुरो हो। बाटोमा जसलाई भेट्यो, ज्योति तोते बोलीले स्वासै नरोकी भन्छे_ ‘म हाट जादैँछु। यसपालि दसैँमा नयाँ नाना किन्न।’

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय

मन्त्री सिता बादीको उपस्थितिमा विद्यालय सञ्चालनका लागि समझदारीपत्रमा हस्ताक्षर ललितपुर, असोज ३०। भोटेकोशी रसुवा बाढीबाट…

12 hours ago

नटालिने छिद्र

महेन्द्र न्यौपाने लोकन्थली,भक्तपुर “एउटी किशोरीको दिनदहाडै बलात्कार भयो त?” एक पत्रकारले एआईलाई सोधे। “यो दण्डहीनताको…

12 hours ago

मुकुण्डो

सालिक राम सत्याल बाँके ३खजुरा, हाल-मलेसिया हरिप्रसादको समाजसेवाको चर्चा गाउँदेखि सहरसम्म फैलिएको थियो। गरिबका पीडामा…

12 hours ago

अबला

फिराक गोर्खाली गुवाहाटी असम “होइन हो दाइ, तपाईँ कार्यक्रममा आउनुभएन त ?” “बहिनी, समय नै…

2 days ago

“कान्छो रमायो”

रमेशचन्द्र घिमिरे पानी पर्न छोडेर अब घमायो दसैँ आइसकेछ कान्छो रमायो बाको हातमा कापी र…

2 days ago

अबगाल

महेन्द्र नेउपाने लोकन्थली, भक्तपुर “आज नाति केटाले कम्ता गाल पारेन।” दसैँ मान्न घर आएको दस…

2 days ago