रम्भा पौडेल
कक्षामा होहल्ला चल्दै थियो। सुमना मिसले, “भाइबहिनीहरु हल्ला नगर, अब आजको पाठ शुरु गरौँ” भन्नुभयो । विद्यार्थीका बीचमा शान्त वातावरण बनेन।
मिसले फेरी ठुलो स्वरमा भन्नुभयो, “नानीहरु कुरा केहो मलाई भनन । तिमीहरुको प्रश्नको उत्तर म दिन्छु ।”
विद्यार्थीहरु आफैँ आफैँ कसैले ‘पाइन्छ’ र कसैले ‘पाइन्न’ भनिरहे । मिसले के पाइन्छ भनेका हुन् र के पाइन्न भनेका हुन् भन्ने बुझ्नु भएन।
त्यत्तिकैमा कक्षाबाट एकजना छात्रले उठेर प्रश्न गरे, “मिस, शक्तिशाली देशले अर्काको देशको राष्ट्रपतिलाई अपहरण गरेर लैजान मिल्छ र ? यिनीहरुले सक्नेहरुका लागि मिल्छ भनेर जिद्धि गर्दैछन् । खास कुरा के हो हामीलाई पनि बताइदिनुहोस् ।”
अर्को छात्रले सोध्यो, “हामीले त कक्षामा मानव अधिकार भन्ने पाठमा एउटा मान्छेलाई बिना कारण कसैलाई पनि थुन छेक गर्न, अपहरण गर्न र बन्धक बनाउन पाइँदैन भनेर पढेको हैन र मिस ? यिनीहरु किन जिद्धि गर्देछन ?”
मिसले भन्नुभयो, “ए कुरा त्यसो पो ! कहाँबाट थाहा पायौ तिमीहरुले यो कुरा ?”
कक्षाका सबैले एकै स्वरमा भने, “हामीले टिभीमा देखेको हो ।” जीवनले भन्यो,“मैले पनि टिभीमा देखेको हो । आँखाबाधेर लगेको।”
मिसले,“स्यावास, धेरै महत्वपूर्ण प्रश्नका लागि” भन्दै उत्तर दिनु भो– “समाजिक विषय पढ्ने विद्यार्थीले सोध्ने प्रश्न यस्तै हुन् । तिमीहरुलाई धन्यबाद । हामीले विश्वको इतिहास,भूगोल, राजनीति, अर्थनीति सबैकुरा बुझ्न जरुरी हुन्छ । यी सबै कुरामा चासो राख्नु, चनाखो हुनु,एउटा सचेत नागरिकको काम हो ।
तिमीहरुको जिज्ञासालाई मैले जानेसम्म मेटाउने प्रयास गर्छु है त !”
“अहिले सबै ठाउँबाट मानवता हराउँदैछ । दया मायाँ, ममता र सदभाव ,सहयोग समाजमा मेटिदैछ । मानिसका अधिकार खोसिदैछन।
हो, कुनैपनि मानिसलाई बिना कारण अपहरण गर्न पाइँदैन । अझै अर्काको देशको राष्ट्रपतिलाई अपहरण गर्नु त अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गर्नु हो । यो मानव अधिकार,अन्तरराष्ट्रिय कानुन र संयुक्त राष्ट्रसंघको नियम बिपरित हुन्छ । तर कानुन नमान्नेका लागि त जे पनि हुन्छ नी।” “तर कानुन नमान्ने पनि त कारण होला नि मिस ।” “कारणहरु खुल्दै जालान् । तिमीहरु समाचार हेर्दे गर्नु ।” मिसले भन्नुभो। “मानव अधिकारका बारेमा आज फेरी कक्षामा छलफल गरौँ न मिस हुन्न र ?” शिलाले प्रश्न गरिन्।
“हुन्छ नि । ल सुन । मानव अधिकार भनेको विश्वमानव मात्रले प्राप्त गर्ने आधारभूत अधिकार हो । मानिसलाई जाति,भाषा, धर्म, लिंग आदिका आधारमा भेदभाव गर्न पाइँदैन । त्यस्तै आर्थिक अवस्था र राष्ट्रियताका आधारमा पनि भेदभाव गर्न मिल्दैन । हरेक व्यक्तिलाई स्वतन्त्रपुर्वक बाँच्ने र सुरक्षित हुने अधिकार हुन्छ ।”
“तिमीहरुले मानव अधिकारको विश्वब्यापी घोषणा पत्र पढ । के लेखेको छ ? राम्ररी बुझ । अनि आफैँ थाहा पाउने छौ । यो मानिसको मौलिक हक हो भनेर । जतिसुकै शक्तिशाली भएपनि जे मन लाग्यो त्यही कसैले पनि गर्न मिल्र्दैन ।आफ्नो हकको बारेमा आफैँ चनाखो बन्नुपर्छ ।”
विद्यार्थीहरुले शान्त भावमा सुनिरहे, मिसले थप प्रष्ट पार्दैै भन्नुभयो, “खोला र समुन्द्रमा साना माछालाई ठुलो माछाले खान्छ । तिमीहरुलमई थाहा छ नी ? ” जीवनले सोध्यो —“त्यसो भए साना माछा कसरी बाच्छन ?”मिसले उत्तरमा भन्नुभयो —“साना माछा बाँच्नका लागि समुहमा गोलबन्द भएर बस्छन। मिसको उत्तर सबै जनाले दोहोर्याए । गोलबन्द भएर । गोलबन्द भएर । घण्टी बज्यो । विद्यार्थीहरु मिससँगै गम्भीर मुद्राामा बाहिर निस्किए।
नन्दलाल आचार्य "त्यो खिया लागेको ढोका बाहिर यमराज मुस्कुराइरहेको छ, बाबु, तिमी भित्रै बस !"…
दुर्गा घिमिरे फुङ्ग्री उडेको धुलो, घुम्मिएको महिलो आकाश, जताततै काला बादलहरू। साना–साना नानीहरूलाई तर्साउन बिजुलीका…
गणेश आत्रेय मदनपोखरा,पाल्पा बैशाख आए नव लाग्छ साल। आनन्दको मौसम हालचाल॥ नाच्छन् खुशीले सब जीवजन्तु।…
मातातिर्थ औसीको उपलक्ष्यमा तुलसी पण्डित भैँसीले छट्पटीदै भुइमा पाडो खसाल्यो । पाडो खसेपछि भैँसी र्याल…