Warning: Constant DISALLOW_FILE_EDIT already defined in /home/sarathib/public_html/wp-content/themes/Newspaper/functions.php on line 5
“भाइले लेख्यो कविता” | सारथि बाल पत्रिका
Categories: कविता

“भाइले लेख्यो कविता”


रमेशचन्द्र घिमिरे
भोर्लेटार लमजुङ

“कनिकुथी गरेर
पुरै पाना भरेर
थाहा पायौ सविता ?
भाइले लेख्यो कविता”

“मैले पाना भरिनँ
साह्रै दुःख गरिनँ
मेरी दिदी सविता
तै नि लेखेँ कविता”

त्यसो भन्दा दाइले
यसो भन्यो भाइले
के हो त्यस्तो रमिता ?
कस्तो हो त्यो कविता ?

पढ्न धेरै नपर्ने
गाउन झनै नपर्ने
छक्क परिन् वविता
देखेपछि कविता

तीन पानाको हैन
तीन लाइनको नि छैन
तीन अक्षरमा लेखेछन्
दाइले बल्ल देखेछन्

कुरा बुझिसकेर
दङ्ग परिन् सविता
ठुल्दिदीको छोरीको
नाम रै’छ कविता।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“तिहार”

नरिश्वर गौतम हटिगयो धुलोमैलो छैन कतै फोहोर रङ्गीचङ्गी बत्तीले रङ्गिए गाउँशहर।। देउसीभैलो घन्काउँदै साथीभाइ परिवार…

1 hour ago

पुनरावृत्ति

महेन्द्र नेउपाने लोकन्थली,भक्तपुर आज भाइटिकाको दिन। बिहानै उठेर ड्रइङ रुमको सोफामा बसेको थिएँ। आँखा सिधै…

2 hours ago

धेरै दिन विद्यालय बन्द हुँदा बालबालिका, अभिभावक र समाजमा देखिएका असरहरू

  १. बालबालिकाको दिनचर्यामा परिवर्तन लामो बिदा भएपछि धेरै बालबालिकाको दिनचर्या घरमै सीमित हुन्छ। बिहान…

2 hours ago

देउसी

बलराम दंगाल रत्ननगर,चितवन हाल-अष्ट्रेलिया “भन भन भाइ हो, देउसी रे!” भाइटीकाको अघिल्लो साँझ। अष्ट्रेलिया होवार्डको…

2 hours ago

“खोइ !”

हरिशरण ढुङ्गाना दसैं आयो तिहार आयो नाना किन्या खै बिदा भयो घरै छु म मिठो…

1 month ago

दशैँ, खबर ल्याऊ है

अन्जु चालिसे रुपान्जली तिमी आउँदैछौ रे, गाउँका गोरेटो हुँदै, पहाडमा घाम छर्दै, कसैको आँगनमा खुसी,…

1 month ago