Categories: बाल कथा

मल्लिका


रीता मिश्रा तिवारी
भागलपुर,बिहार

सानैदेखि सुनेको हो कि..कश्मीरलाई धर्तीको स्वर्ग भनिन्छ। यहाँको हावापानी, प्राकृतिक सुन्दरता र यहाँ बस्ने मानिसहरू, सबै एकदमै सच्चा मनका र असाध्यै राम्रा हुन्छन्। यहाँको सुन्दरताले स्वर्गको अनुभूति गराउँछ। कश्मीरका सुन्दर भन्ज्याङहरूमा एउटा सुन्दर, सानो कटेज जस्तो घर थियो। त्यहाँ एउटी असाध्यै प्यारी, गहुँगोरो वर्णकी, चञ्चल र हाँस्दा गालामा खाल्डो (डिम्पल) पर्ने अत्यन्तै सुन्दरी बच्ची मल्लिका आफ्नी आमा (अम्मी), बुबा (बाबा) र प्यारी कल्लोसँग बस्ने गर्थिन्। उनलाई भगवानको यस्तो वरदान थियो कि, उनले कुनै पनि घाइते वा बिरामी पशु-पन्छी वा मानिसलाई छोएर मात्र शरीरभरि मुसारिदिँदा (अर्थात् हीलिंग गर्दा) उनीहरू निको हुन्थे। मल्लिकालाई दिनहुँ कोही न कोही बिरामी भेटिइहाल्थे। आज पनि अम्मीले उनको कपाल बाटिदिनु भयो र उनको मनपर्ने सेतो सलवार कुर्ती लगाइदिएर खाना खुवाउँदै भन्नुभयो: “गएर हजुरआमालाई हेरेर आऊ, निकै बिरामी हुनुहुन्छ। सुरज काकाको गाईलाई पनि हेरेर आउनू.. अनि सुन, सम्हालिएर जानू। त्यो तोरीबारीको बाटो भएर नजानू, हिजो राती त्यहाँ एउटा सर्प पसेको सुनेको छु।” मल्लिकाले “हस् अम्मी” भनिन् र ईश्वरको वरदानलाई साकार पार्न निस्किन्। नाच्दै, उफ्रिँदै, हाँस्दै र गाउँदै उनी सबैको उपचार गर्थिन्। मायाले सबैलाई खूब मुसार्थिन्, विशेष गरी जनावरहरूलाई…। किनभने उनी जनावरलाई धेरै माया गर्थिन्। उनी भन्थिन्, “यिनीहरूलाई नै सबैभन्दा बढी हेरचाहको आवश्यकता हुन्छ। यिनीहरू आफ्नो दुःख-पीडा कसैलाई भन्न सक्दैनन्।” बाटोमा कुनै पशु-पन्छी घाइते अवस्थामा भेटिएमा उनी घर लिएर आउँथिन्। यस्तै एक दिन, उनले एउटा बाख्राको पाठोलाई घाइते अवस्थामा फेला पारिन्। उनले त्यसलाई घर ल्याएर मायाले पाल्न थालिन्। बाख्रा कालो रङको भएकाले त्यसको नाम ‘कल्लो’ राखिदिइन्। घर फर्केपछि उनले कल्लोलाई कतै देखिनन्। अम्मीले भन्नुभयो, “भर्खर त यहीँ थिई, हरियो घाँस चर्न गई होला।” धेरै खोज्दा पनि कल्लो कतै भेटिइनन्। अब मल्लिका छटपटाउन थालिन्। उनी दौडिँदै ‘कल्लो, कल्लो’ भनेर बोलाउँदै थिइन्, तब तोरीबारीबाट म्याँ-म्याँ गरेको मधुरो आवाज आयो! मल्लिका जब बारीमा गइन्, तब उनले कल्लो घाइते अवस्थामा लडिरहेको देखिन्। मल्लिकाले झट्ट कल्लोलाई आफ्नो काखमा उठाइन् र हीलिंग गरिदिइन्। मायाले उसको शरीरभरि खूब मुसारिदिइन्। उसले आँखा खोल्ने बित्तिकै मल्लिकाले उसलाई छातीमा टाँसेर खुसी भइन्।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

बालबालिका सम्बन्धी ऐन संशोधन विधेयक : डिजिटल हिंसादेखि बाल न्यायसम्म नयाँ व्यवस्था प्रस्ता

काठमाडौं । सरकारले बालबालिकाको सर्वोत्तम हित, अधिकारको संरक्षण र बालमैत्री न्याय प्रणालीलाई थप सुदृढ बनाउने…

24 hours ago

अस्तित्व

चम्पा दिवस राई दक्षिण सुखिम छेवैमा उभिएर ढकमक्क फुलेका गदवारीलाई हेर्दै पारिजातले भन्यो -- "फूलहरुको…

24 hours ago

“सहयोग गरौँ”

शोभा कोइराला सहर छैन उजाड भयो स्थिति कहरमा असरल्ल छ बेथिति विरहनिम्ति सदा जसरी जुटौँ…

1 day ago

“तीज”

देव भट्टराई हाम्रो प्यारो तीज आयो घुमेर। हाँसौँ खेलौँ कर्मलाई चुमेर ।। साथीसङ्गी नाच्न आओ…

2 days ago

पुरस्कार

सन्दर्भ वालदिवस राजन् कार्की पाजु धरान सुनसरी कौशिला ए, कौशिला ! कहाँ छेस् हँ ?…

2 days ago

उज्ज्वल भविष्य

सुमन कडरिया चितवन विद्यालयको वार्षिक नतिजाको समीक्षा बैठक चलिरहेको थियो। एक शिक्षकले प्रधानाध्यापकसामु भने -…

2 days ago