Categories: बाल कथा

महिला खलासी

मित्र ‘उराठी’ गौतम
अमरपुर-गुल्मी, हालः तिलोत्तमा न पा – २, रुपन्देही

मिठो मुस्कान सहित नमस्कार गर्दै स्वागत गरिन्। हामी ढोकाबाट भित्र पस्यौँ।भित्र गएर आआफ्नो सिटमा बस्यौँ। आमासँग मामाघर जाँदा र हाम्रो गाउँको घरमा जाँदा मात्र सौगात लामो बस यात्रा गरेको थियो।आज मसँग हवाईयात्रा उसको पहिलो अनुभव हो। त्यसैले पनि ऊ बढी जिज्ञासु थियो। सिटमा बसेपछि मैले सिटपेटी बाँधिदिएँ। उसले विमानको झ्यालबाट बाहिरको दृष्यावलोकन गर्दै थियो। यत्तिकैमा विमान परिचारिकाले हाते झोलाहरु राखेका तख्ताका पल्लाहरु बन्द गरिन्। अगाडि उभिएर विभिन्न जानकारी दिँदै सिटपेटी बाँध्ने तरिका प्रदर्शन गरिन्। छोरो सौगातले यो सब गतिविधि बडो ध्यानपूर्वक नियालि रहेको थियो। आफ्नो निर्धारित समयमा हवाईजहाज उड्यो। छोरो थोरै डराए जस्तो गर्यो। मैले उसलाई सान्त्वना दिएँ। ऊ ढुक्क भयो। केही बेरमा परिचारिकाले चिसो पेय पदार्थ गिलासमा भर्दै यात्रुहरुलाई दिन थालिन्। पेय पदार्थ पाएर खुसी हुँदै पियो उसले। निश्चित समयपछि विमान गन्तव्यमा पुगेर अवतरण गर्यो। हामी बाहिरिँदै गर्दा पुनः मुस्कान सहित नमस्ते गरि विदाइ गरिन् परिचारिकाले। हवाईयात्रा र परिचारिकाको व्यवहारले दङ्ग थियो ऊ।

विमानबाट निस्किएपछि उकुसमुकुस भएको कुरा पोख्न हतारिए झैँ गर्दै सोध्यो, “बाबा के सबै हवाईजहाजमा महिला मात्रै खलासी हुन्छन् ? “हो, प्रायः सबै हवाईजहाजमा महिला मात्र हुन्छन् तर उनीहरुलाई खलासी भन्दैनन्।विमान परिचारिका भन्छन्।”, मैले बुझाउन खोजेँ। “अनि किन त महिला मात्रै राख्ने गरेको?” प्रश्नको जवाफ दिन नपाउँदै विमानस्थलको बस हामीलाई लिन विमान छेउँ आइपुगिसकेको थियो।

सारथि बाल पत्रिका

Recent Posts

आफ्ना छोराछोरीलाई बुझ्ने अभिभावक

पशुपति पौडेल एक सानो गाउँमा रामबहादुर नामका किसान बस्थे। उनी दिनभर खेतमा काम गर्थे र…

1 day ago

भित्ताको सन्देश

नन्दलाल आचार्य ​नयाँ विद्यालयको सेतो भित्तामा सानो अङ्कितले रङ्गीन चकले केही कोर्दै थियो । अचानक…

1 day ago

“हाम्राे मन”

पुण्यप्रसाद घिमिरे गाली दियाैभने, हाम्राे मन दुख्छ, ताली दियाैभने, हाम्राे मन उठ्छ। जस्ताे शिक्षा पायाैँ,…

1 day ago

शैक्षिक क्षेत्र सुधारका सूत्र

प्रेमनारायण भुसाल नेपालको शिक्षा क्षेत्र लामो समयदेखि अस्थिर देखिँदै आएको छ । पञ्चायतकालीन शिक्षा ऐन…

2 days ago

“जिन्दगी”

मकुन्द खनाल जिन्दगी हो अमुलरत्न बुझ्न कति गार्हो बुझी बुझी बुझ पचाई सहन चै गार्हो…

2 days ago

सास्ती

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर "समयमै विचार नगर्दा दु:ख पाइने रहेछ ।" घनश्यामले भन्यो।…

2 days ago