सुरेशकुमार पाण्डे
दाङ घोराही १८
” तिमीहरूलाई थाहा छैन ? तिमीहरूको कक्षा रूममा म आएको छु। जब क्लासमा मास्टरजी आउँछन् त्यो वेला के गर्नुपर्छ ? स्टाण्डप! “- मास्टर मिनराजले विद्यार्थीहरुलाई हकार्दै जोड सँग भने। सबै विद्यार्थीहरु डराएर उभिए। ” सर हजुरलाई हामीले नचिनेर हो अब उप्रान्त हामी सबै उभिनेछौँ।”- क्लास मोनिटरले सबैको तर्फबाट क्षमा याचना गर्दै भन्यो। मास्टर मिनराजको यो स्कुलमा पहिलो दिन थियो। उनलाई पाचँ क्लासका ससाना बाल बालिकालाई पढाउँने जिम्मा थियो। ” हस् ! केनाम हो तेरो ?”- मिनराजले मोनिटरलाई सोध्यो। ” सर! महेश कुमार । ” पुरा नाम भन केहो ? ” सर महेशकुमार परियार “- मोनिटरले निडर भएर भन्यो। ” मोनिटर कसले बनायो तँलाई ? “- मिनराजले उसको कान जोडसँग छोप्दै भन्यो। ” सर ! सर! दुख्यो सर ! मलाई मोनिटर क्लासले बनायो सर सबै मिलेर।”-महेश आत्तिंदै भन्यो र रून थाल्यो। सबै बालबालिकाहरूले मिनराजको व्यवहार तिर एककोहोरो हेरिरहे। सागर भने सौच गर्ने भन्दै बाहीर निस्किएको थियो। ऊ भागेर हेड सर बसने अक्षामा पुग्यो। ” सर! नयाँ सरले महेशलाई कुट्दै हुनुहुन्छ। ऊ रोही रहेको छ।”- सागर हेड सरसँग भन्छ र हेड मास्टरलाई लिएरै जान्छ। ” मिनराज सर ! यो के भैरहेको छ ?”- हेड सरले सोधे। ” देख्नु भाकोछैन म बालखहरू पढाउँदै छु ?”- मिनराजले एक सप्के बोली बोल्दै उल्टै प्रश्न गर्यो। हेड सर नजिकै गए। मिनराज डुङ्ग गनाएको थियो।
शोभा कोइराला तातो हावा अतिशय भयो रोकिने छाँट छैन आषाढैको प्रथम दिनमै खोज्न केही हुँदैन…
मौसमी चंद्रा पटना बिहार गाउँको छेउमा एउटा सानो घर थियो, जहाँ मीरा बस्थी। ऊ सात…
प्रमाेद नेपाल "बाबा ! हजुरकाे र मेराे माेजा उस्तै ।" नातिनीकाे कुरा सुनेर धनबहादुर जिल्ल…
शान्ति भण्डारी दाहाल बुद्धनगर काठमाण्डौँ ऋतु र वर्षा दिदी भाइ थिए । ऋतुले भाइ वर्षालाई…
दुर्गा घिमिरे "बा निकै बिरामी हुनुहुन्छ। डाक्टरले तुरुन्तै अप्रेशन गर्नुपर्छ भनेका छन्। कम्तीमा पचास हजार…