नन्दलाल आचार्य
“मैले किन स्कुल जानैपर्छ ?” सानो कोठाको कुनामा बस्ताको छेउमा बसेको बालकको स्वर चिसो बिहानसँगै काँप्यो। झ्यालबाहिरको घाम अझै पुरै खुलेको थिएन, तर आमाको हातमा तातो दूधको गिलास र कापीको थाक तयार थियो। ”किनभने तिमी उड्न चाहन्छौ नि, “आमाले मुस्कुराउँदै भनिन्, “पखेटा आफैँ पलाउँदैनन्, सिकाइले पलाउँछन्।” बाहिर चोकमा केही बालबालिका गोट्टी खेल्दै थिए । उसको मन पनि त्यतैतिर कुद्यो । तर कापीको सेतो पानाले उसलाई फर्काएर बोलायो- अक्षरहरू उसलाई पर्खिरहेका थिए। ”यो त सजाय जस्तै लाग्छ, “उसले ओठ बटार्यो । ”हो, मीठो सजाय,” आमाले कपाल सहलाउँदै भनिन्, “आजको थोरै दुःखले भोलिको धेरै ढोका खोल्छ ।” उसले गिलास रित्यायो, बस्ता काँधमा हाल्यो । ढोकाबाट निस्कँदा खेलको आवाज अझै मीठो थियो, तर मनभित्र कतै एउटा नयाँ उत्साह उम्रँदै थियो। आँगनको माटो टेक्दै उसले गुनगुनायो- ”अक्षर चपाउँदा अहिले तितो लाग्ला, तर यही स्वादले भोलि सपना मीठो बनाउँछ।”
इन्दु उपाध्याय हेलेम-मिसामारी,आसाम साँझको समय थियो। रोशन कार्यालयबाट फर्किएपछि सोफामा बसेर मोबाइलमा व्यस्त थियो। सामाजिक…
मणिराज भट्टराई गठ्ठाघर, भक्तपुर हुँदैन सन्तानको मायाँ कहिल्यै पनि धेर थोर मैले सम्झिएकै छु तिमीले…