“विश्व वातावरण दिवस”


शरद गौतम

राखौँ वातावरण स्वच्छ हराभरा चारैतिर
लगाउँ अनेकौँ रुख हराभरा गर्न आखिर।

पानी होस पनि सफा पिउनका लागि जसै
स्वच्छ हवा मिलोस साथै जीउन सच्छ्न्द् तबै।

माटाे हाे जिउने आधार सबै जीवहरुको पनि
उब्जाइ अनेक वस्तु चल्छ जसै यो जीवनी।

बढदैछ दिनानुदिन तातो पृथ्वी भु खण्डमा
बिगार्ने मान्छे ले नै हो श्रेष्ठ जीव जन्तुमा।

वने वातावरण राम्रो सफा भइ यो वसुन्धरा
दिनेछ हामीमा वरदान लामो बाच कठैबरा।

बिग्रे वातावरण हाम्रो श्वास प्रश्वास मा सधैँ
आउनेछ अनेक बाधा दीर्घ जीवन बाच्न कठै।