Categories: कविता

“मेरी आमाको भान्सा”


रञ्जुश्री पराजुली
अमेरिका

भन्सा हाम्रो सानो छ
तर सुन्दर सफा छ
बाबा आमा हामी सबै
मिलिजुली काम गर्छौँ

हाम्रो धरमा भात पाक्छ
दाउरा चुल्हो अगेनामा
ग्यासँचुल्हो भए पनि
खाना पाक्छ दाउरैमा

बिजुलीको राइसकुकर
पाहुना आए चलाउँछौँ
हामी घरका परिवार
दाउरामै पकाउँछौँ

कालोदाल पकाउँने कालै कराही
पिंडालुले बनाउँछ यस्लाइ गलाई
पाके पछि घ्युमा जिम्बु फुराई
दालभात राम्रो पोसिलो र टम्म

बिजुली मिक्सी भए पनि
त्यस्मा आमा पिध्दिनन्
सिलौटोमा घस्काएर मिहिन
उनी मसला अचार पिध्छिन्

खाना खाँदा बसेर खाने
मान्छे गन्ती पिर्का छ
पाहुना आउँदा खातिर गर्ने
डाइनिङ मेचटेवुल छ

भात खाने चरेस थाललाई
मिलदो जुल्दो कचौरागिलास छ
चरेश भाडा टल्काई माझ्न
चुलोमा सेतो मसिनो चोखो खरानी छ

हजुरमा बिहान पाठपुजा गर्छिन्
पुजाकोठा लिपपोत गरी खुशी हुन्छिन्
पुजा पछि उनी भजन पनि गाउँ छिन्
घर घुम्दै हामी सबलाई प्रसाद दिन्छिन्

बजारको खाजा घर भित्र पस्दैन
फुल मकै भटमास खाजा नभैहुँदैन
यही नै हो हाम्रो घरको पोसिलो खाजा
कस्तो लाग्यो यहाँहरुलाई हाम्रो भान्छा।

सारथि बाल पत्रिका

View Comments

  • Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

12 hours ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

12 hours ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

2 days ago

“सबै मेरा साथी”

रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ बाआमाको प्यारो छोरा हजुरबाको नाति भाइबैनीको दाजु हुँ म साथीको हुँ…

2 days ago

छोरी, गर्भमा नआउ ..

निर्मल पराजुली ए हजुर् छोरी त आईपुगिनन नि अनायाश् श्रीमतीको आवाज् मेरो कानमा ठोक्कियो पिडा…

3 days ago

सहमति

अन्जु चालिसे रूपान्जली आरुबारी “छोरी, अब त विवाहको कुरा सोच्ने बेला भयो। हरेकपटक कुरा आउँदा…

4 days ago