Categories: बाल कथा

सृजना


देवराज कार्की मिलन
सुह मोरङ

परापुर्व कालामा एक गुरुको आश्रम कुनै ठूलो जंगलको बिचमा थियो। गुरुको विद्वता पर परका गाउँ दुरदुरान्त सम्म फैलिएको थियो। चारै तिरबाट गुरुको आश्रममा आफ्ना नानीलाई ज्ञान दिलाउन ल्याएर गुरुको जिम्मामा छोड्थे।
एक समय गुरुको आश्रममा तीन जना मात्रै विद्यार्थी पढ्ने रहेछन् । अरु अध्ययन सकेर घर र कार्यक्षेत्र गै सकेका थिए। कुनै अर्को आश्रम गएका थिए। त्यही बेला गुरु केही समयको लागि टाढा कतै धार्मिक कामको लागि जानू पर्ने भयो। गुरुले ती आफ्ना तीन जना चेलालाई अलि फरक फरक ठाँउका कुटिमा बस्ने र पढ्ने ब्यवस्था मिलाउने बिचार गर्नु भयो।
आफू हिँड्नु भन्दा अगाडि गुरुले ती तिनै जना आफ्ना चेलालाई बोलाउनु भयो। गुरुले आफ्नो पराले कुटिको अगाडि राखेर आफ्नो कुरो राख्नु भयो ” म केही बर्षको लागि विद्वानको भेला जमघटमा जान लागेको छु। तिमीहरू हाम्रा ती एक कोश टाढाको कुटिमा बसेर पढ्नु। आश्रमको रेखदेख पनि गर्नु।”
तीनै जना चेलाले गुरुको आग्या शिरोधार्य गर्ने वचन दिए। गुरुले आफ्नो झोली बाट तीन पोका निकाल्नु भयो र भन्नुभयो ” यो पोकामा एक /एक मानो गहु राखिदिएको छु। लैजानु र म आउँदासम्म यो सुरक्षित राख्नु।”
चेलाहरु पोको बोकेर आ आफुलाई दिएको कुटि तिर लागे। अनि ती आफ्नो आश्रममा दैनिकी गुजार्न थाले। समय बित्दै गयो। तीन बर्ष गएको पत्तै भएन। गुरु आफ्नो आश्रममा आउनु भयो। गुरु छक्क पर्नु भयो । गुरुको कुटि आफू बस्दाको जस्तै सफा थियो।
बिहान गुरु पालैपालो आफ्नो चेलाको कुटि जान हिड्नु भयो। पहिलो चेलाको कुटिमा पुग्नु भयो। गुरु आफ्नो अगाडि देखेर चेलाले गुरुलाई ढोग्यो। लगेर बसायो। गुरुले सबै तिर निहार्नु भयो अनि भन्नु भयो ” खै त्यो मैले जतन गरेर राख्नु भनेको गहुँ हेरौँ त ? लिएर आउ त ?” चेलो अक्कनबक्क भयो अनि भन्यो” गुरु एक दिन खानेकुरो केही थिएन। साह्रै भोक लाग्यो अनि मैले भुटेर खाएँ।” गुरुले धाप मार्दै भन्नु भयो” बोट नै सकिएछ नि।” गुरु उसको ज्ञानको बारेमा सोच्दै उठनु भयो।
गुरु त्यहाबाट अर्को चेलोको कुटि तिर लाग्नु भयो। गुरु पुग्दा चेलो आगन सफा गर्दै थियो। गुरु आएको देखेर औधि खुसी भयो। गुरुलाई ढोग गर्यो र भित्र लगेर बसायो। गुरुले सबै तिर दृष्टि लगाए पछि भन्नुभयो ” मैले सुरक्षित राख्न दिएको पोको गहुँ खै के गर्यौ। दोश्रो चेलोले कन्तुर खोल्यो। अनि पोको लिएर आयो। गुरुलाई पोको दिँदै भन्यो, ” त्यो पोको मैले कन्तुरमा सुरक्षित राखेको थिएँ। लु हेर्नू त गुरु।” गुरुले त्यो पोको खोल्नु भयो। गहुँ घुनले खाएर एउटा पनि थिएन। थोरै सेतो पिठो जस्तो मात्रै बाँकी देखियो। त्यो देखेर चेलो छक्क पर्यो। गुरु एकछिन घोरिनु भयो। उसको ज्ञान सम्झेर फिस्स हाँस्नु भयो। अनि त्यहाबाट हिँड्नु भयो।
दोपहरको समयमा गुरु तेस्रो चेलोकोमा पुग्नु भयो। त्यो समय चेलो गहुँको बिस्कुन उठाउँदै थियो। गुरु आएको देखेर दौडिदै गुरुको छेउ पुग्यो। गुरुको पाउ समातेर ढोग गर्यो। अनि कुटिमा लिएर गयो। गुरुलाई गुरु स्थानमा लगेर बसायो। गुरुको दृष्टि सबै तिर गयो। अनि गुरुले चेलोलाई भन्नु भयो, ” मैले तिमीलाई सुरक्षित राख्न दिएको पोको खोइ ? लौ हेरौ त ?” गुरुको आग्रह सुने पछि तेस्रो चेलोले गुरुलाई आफु सँगै हिड्न भन्यो। नयाँ बनाएको कुटिको ढिकुटीमा लगेर कयौँ मुरी गहुँ देखायो र भन्यो ” गुरु मैले भस्मे फाँढे। अनि त्यो एकमाना गहुँ त्यहा छरेँ। त्यो बाली उठाएँ। केही गहुँ खाएँ। बाकी बीउ राखे। फेरि अलि धेरै भस्मे फाडेर त्यो बीउ छरे। दोब्बर फल्यो। तीन बर्स खेती गर्दा लौ हेर्नू त गुरु एकमाना गहुँ कति मुरी भयो ?” गुरु आफ्नो सृजनशिल चेलोको ज्ञानको अपार खानी देखेर खुशीले गद्गद् हुनुभयो। अनि चेलोको शिरमा हात राखेर भन्नू भयो ” तिमीलाई मैले आफ्नो शिष्य पाएर गौरवान्वित भएको छु।” गुरुको आश्रम दैनिक सफा गर्ने पनि यही तेस्रो चेलो थियो।
आफ्ना आश्रमका तीन शिष्यको ज्ञानको फरक फरक सोचाइ र परिणाम देखेर गुरु सोच्न बाध्यहुनु भयो ” जन्मिदा नै मानिस आफ्नो चेतनालाई लिएर आएको हुनेरहेछ। मैले सबैलाई बराबर ज्ञान बाढेको हुँ। एकले अह्राएको मात्रै गर्यो, अर्कोले त्यो अह्राएको पनि गरेन। मात्रै एकले आफ्नो सृजनात्मक ज्ञान देखायो।”
अहिलेको अवस्थामा हामी कुन चेलोको ज्ञानमा अल्झेका छौँ। सबैले अध्ययन गर्न जरुरी छ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

आमाको माया

मातातिर्थ औसीको उपलक्ष्यमा तुलसी पण्डित भैँसीले छट्पटीदै भुइमा पाडो खसाल्यो । पाडो खसेपछि भैँसी र्याल…

3 hours ago

चरीको वियोग

मातृ औंसी विशेष राजन् कार्की धरान सुनसरी "रामरी बस ल !" माउले बचेरालाई सुम्सुम्याउँदै भनी।…

3 hours ago

“आशाको आँसु”

दुर्गा घिमिरे आज विद्यालयमा नतिजा प्रकाशित हुने दिन थियो। बिहानैदेखि विद्यालयको वातावरण निकै चहलपहलपूर्ण देखिन्थ्यो।…

3 hours ago

पहिलो वैशाख

निमा छिरिङ भोटिया जलढाका कालेबुङ भारत बिहानबाट आज छोरीको पाठशाला जाने चहल पहल छैन। छोरीको…

1 day ago

नयाँ वर्ष

रम्भा पौडेल “आज नयाँ वर्ष २०८३ हो । हरेक नायाँ वर्षले आशा , भरोसा र…

1 day ago

घुमन्ते जन राउटे

कृष्णशरण उपाध्याय पौडेल बस्छन् जङ्गलमा सारा , घुमन्ते जन राउटे निल्छन् पीडा व्यथा गाह्रा ,…

1 day ago