Categories: बाल कथा

“गरिब”

दिनेश खत्री “एकल यात्री”
मन्थली नं. पा. १३ रामेछाप

आज बिदाको दिन, कतै जान्न घरमै परिवार सँगै बस्छु । साँझतिर चाहीँ बच्चाहरुलाई पार्कमा लगेर घुमाउनु पर्ला ।
बाबा पार्क जाने भनेकाे हैन जाउँ न बेलुका भईसक्याे त ।
। ल ल हुन्छ जाउँ घरबाट म र बच्चा हिड्दै गयौ । बच्चा त हुन । दाजु बहिनी मेरो हात समाउदै कैले दाैड्दै , कैले खुट्टी खेल्दै, कैले दौडिदै खेल्दै कैले मेरो हातमा झुण्डिदै अगाडि पछाडि खेल्दै थिए ।
बच्चा आमाहरु भन्दा बाबा सँग घुम्न र खेल्न मन पर्ने र बढी खुसि हुने रैछन् । त्यसको कारण किन मैले सोच्न जरुरी ठानिन्,एक कि.मि जति हिडी सके पछि पार्क आयो ।
म” त्यहीँ चौतारीमा बसे बच्चाहरुलाई पार्कमा रमाउन छोडी दिएँ “म” चौतारीमा पिपलको चिसो हावा खाँदै बसेको थिएँ । बच्चाहरु पिंजडा भित्र कैदबाट छोडीएको सुगाँ आफ्नै संसारमा स्वतन्त्र भई , रमाए छोरा छोरी खुसि भएकाे देख्दा म पनि खुसि भएँ ।
खेल्दा खेल्दै छोरी पानीको प्यास लागेछ, बाबा ! पानी भनि मैले नजिकै माततिर्थ कुण्डमा रहेको ढुङ्गे घाराबाट बोतलमा पानी थापेर दिए र अलिकति के पिएको थिई, बाबा! कस्तो खल्लो पानी भयो म त पिउँदिन ।
मैले पिउँ नानी यो मिनिरल भएको शुद्ध पिउने पानी हाे भने । किन त बाबा पसलमा किनेको पानी नै मिठो हुन्छ है, भनि म बोलिन ।

किन बाबा! प्रकृतिले दिएकाे सबै कुरा मान्छेले बनाएकाे भन्दा नि नमिठाे हुदाँरैछ है ? अब मिठाे बनाउनु भन्नु पर्छ ,ल बाबा !
मलाई निकै बेर सोच्न बाध्य बनाएँ , साएद हामीले स्कुल र घरमा पनि नैतिक शिक्षा बारे चेतना राखि दिएको भए देखि पैला नै बुझ्ने थिए , भन्दै मेलै कल्पना गरे यस्तै हो भने, अहिलेको बच्चाले दुध के ले दिन्छ । ल्प्रास्टिको पोकाले, चामल कसरी फल्छ, भन्दा बोरामा फल्छ, तरकारी कसरी नि बाबु फ्रिजमा भन्ने त थिएनन् होला नि ।अब पछि झन के हुने होला बेलैमा सचेत गर्नै पर्छ, भनेर सचेत गराएँ ।
हामी घर फर्किदै थियौँ । एक जना केटी अफिसबाट घर तिर फर्किदै रहिछिन ।
बाबा ! ऊ त्याे केटी गरिब रैछ हाे ? “किन ?”कपडा किन्ने पैसा नभएर यति छाेटाे शरीर नढाकी लगाएकाे हो । अनि हाम्रो मिसले त गरिब भएपछि कपडा पनि किन्न पैसा हुँदैन । राम्रोसँग पढ्न ध्यान दिनुपर्छ, अनि छाेटाे लगाउनु हुन्न शरीर पुरै ढाक्ने कपडा लगाउनु पर्छ भन्नु भएकाे थियाे बाबा !
नजिकै आईपुग्दा फर्किने केटी त तिनै स्कुलकाे `मिस´ पाे रैछिन ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“झरी”

अम्बिका धिताल कालो यो मेघ गड्याङ र गुडुङ गगन ढाकेर पर्यो है झरी यो छातीभरि…

10 hours ago

“छोरी”

रेवतीरमण सापकोटा ओदालगढी, असम छोरीहरू मनोरम,कोमल कविता हुन्। छन्द-छन्दमा लयवद्ध प्रयासमा लेखिने शिखरिणी, मालिनी, शालिनी…

10 hours ago

“झरी”

केशव नेपाल बलेफी-८, लामोसाँघु ,सिन्धुपाल्चोक “आमा, आज खेत नजानुस्, झरी परेको छ।” “नजाऊँ भने बाख्रा…

1 day ago

परीक्षाको डर

इन्दु उपाध्याय विश्वनाथ, असम परीक्षा नजिकिँदै थियो। कक्षा आठमा पढ्ने आर्यनको घरमा आमाको चिन्ता दिनदिनै…

1 day ago

“म आमा”

शान्ति सापकोटा तिमी सास मेरा तिमी आस मेरा म आमा भएरै तिमी खास मेरा तिमी…

3 days ago

विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…

3 days ago