Categories: बाल कथा

“गरिब”

दिनेश खत्री “एकल यात्री”
मन्थली नं. पा. १३ रामेछाप

आज बिदाको दिन, कतै जान्न घरमै परिवार सँगै बस्छु । साँझतिर चाहीँ बच्चाहरुलाई पार्कमा लगेर घुमाउनु पर्ला ।
बाबा पार्क जाने भनेकाे हैन जाउँ न बेलुका भईसक्याे त ।
। ल ल हुन्छ जाउँ घरबाट म र बच्चा हिड्दै गयौ । बच्चा त हुन । दाजु बहिनी मेरो हात समाउदै कैले दाैड्दै , कैले खुट्टी खेल्दै, कैले दौडिदै खेल्दै कैले मेरो हातमा झुण्डिदै अगाडि पछाडि खेल्दै थिए ।
बच्चा आमाहरु भन्दा बाबा सँग घुम्न र खेल्न मन पर्ने र बढी खुसि हुने रैछन् । त्यसको कारण किन मैले सोच्न जरुरी ठानिन्,एक कि.मि जति हिडी सके पछि पार्क आयो ।
म” त्यहीँ चौतारीमा बसे बच्चाहरुलाई पार्कमा रमाउन छोडी दिएँ “म” चौतारीमा पिपलको चिसो हावा खाँदै बसेको थिएँ । बच्चाहरु पिंजडा भित्र कैदबाट छोडीएको सुगाँ आफ्नै संसारमा स्वतन्त्र भई , रमाए छोरा छोरी खुसि भएकाे देख्दा म पनि खुसि भएँ ।
खेल्दा खेल्दै छोरी पानीको प्यास लागेछ, बाबा ! पानी भनि मैले नजिकै माततिर्थ कुण्डमा रहेको ढुङ्गे घाराबाट बोतलमा पानी थापेर दिए र अलिकति के पिएको थिई, बाबा! कस्तो खल्लो पानी भयो म त पिउँदिन ।
मैले पिउँ नानी यो मिनिरल भएको शुद्ध पिउने पानी हाे भने । किन त बाबा पसलमा किनेको पानी नै मिठो हुन्छ है, भनि म बोलिन ।

किन बाबा! प्रकृतिले दिएकाे सबै कुरा मान्छेले बनाएकाे भन्दा नि नमिठाे हुदाँरैछ है ? अब मिठाे बनाउनु भन्नु पर्छ ,ल बाबा !
मलाई निकै बेर सोच्न बाध्य बनाएँ , साएद हामीले स्कुल र घरमा पनि नैतिक शिक्षा बारे चेतना राखि दिएको भए देखि पैला नै बुझ्ने थिए , भन्दै मेलै कल्पना गरे यस्तै हो भने, अहिलेको बच्चाले दुध के ले दिन्छ । ल्प्रास्टिको पोकाले, चामल कसरी फल्छ, भन्दा बोरामा फल्छ, तरकारी कसरी नि बाबु फ्रिजमा भन्ने त थिएनन् होला नि ।अब पछि झन के हुने होला बेलैमा सचेत गर्नै पर्छ, भनेर सचेत गराएँ ।
हामी घर फर्किदै थियौँ । एक जना केटी अफिसबाट घर तिर फर्किदै रहिछिन ।
बाबा ! ऊ त्याे केटी गरिब रैछ हाे ? “किन ?”कपडा किन्ने पैसा नभएर यति छाेटाे शरीर नढाकी लगाएकाे हो । अनि हाम्रो मिसले त गरिब भएपछि कपडा पनि किन्न पैसा हुँदैन । राम्रोसँग पढ्न ध्यान दिनुपर्छ, अनि छाेटाे लगाउनु हुन्न शरीर पुरै ढाक्ने कपडा लगाउनु पर्छ भन्नु भएकाे थियाे बाबा !
नजिकै आईपुग्दा फर्किने केटी त तिनै स्कुलकाे `मिस´ पाे रैछिन ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“सानाे शब्द”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…

16 hours ago

डर

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "मम्मी भोक लाग्यो !"- पप्पुले आमाले पकाइरहेको कुरौनी देखेर भन्यो।"…

16 hours ago

सौगात

शिव कुमार रेग्मी पोखराथोक,पाल्पा सुन्दरीको पढाइ धेरै राम्रो थियो। उनले धेरै पढेर आमा-बुवाको नाम राख्न…

3 days ago

“बाल अठोट”

धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…

3 days ago

शून्यको यात्री र रित्तो सेतो छडीको रोदन

रोजिना घिमिरे अन्धकारको यो अनन्त सुरुङभित्र उभिएर म आफ्नै अस्तित्वको ढकढक्याहट सुनिरहेको छु। गुरु, तपाईँले…

4 days ago

“पुतली”

गणेश आत्रेय मदनपोखरा,पाल्पा फुरफुर पुतलीले नृत्यलीला चलाई। सकल सुमन चाली मोजमा अल्मलाई॥ मधुर सुमन रोजी…

4 days ago