Categories: कविता

“मेरो साथी कलम”


अजित आचार्य

साना साना हातले, कलम समाउने
पढ्न लेख्न पाउँदा, मनै रमाउने।

स्कुलका साथीभाइ, हाँसी खेलेको
रङगीचङ्गी पानामा, चित्र बनेको।

मेरो साथी कलम, जतन गर्छु म
लेख्छ मेरो कापीमा, दङ्ग पर्छु म।

कहिलेकाहीँ लेखिदिन्न, दिक्क पर्छु म
झटपट पसल गएर, अर्को किन्छु म।

ज्ञानी मान्छे बनेर, पढ्छु लेख्छु म
किताब कापी कलम, साथी देख्छु म।

श्रोतः नेपाली बालसाहित्य

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“सन्तानको मायाँ”

मणिराज भट्टराई गठ्ठाघर, भक्तपुर हुँदैन सन्तानको मायाँ कहिल्यै पनि धेर थोर मैले सम्झिएकै छु तिमीले…

1 day ago

हलो

सालिक राम सत्याल बाँके ३ खजुरा हाल = मलेसिया बाजे हलो किन धुलोले छोपिएको ?…

1 day ago

श्रावण १५

  हेमराज अधिकारी श्रावणको वर्षाले धर्तीलाई हरियाली दिन्छ, तर मानिसको हृदयलाई हराभरा बनाउने काम उसकै…

1 day ago

“गुरु पूर्णिमा”

लालबहादुर भुजेल पहिलै पहिलै हिन्दू धर्म संस्कृतिकाे पढाई, गुरूकुलमा हुने गर्थ्याे लेखाई र सिकाई !…

2 days ago

गुरु

हेमराज अधिकारी सूर्यले बाहिरी संसार उज्यालो बनाउँछ, गुरुले भित्री चेतनालाई उज्यालो बनाउनुहुन्छ। जन्म दिने माता–पिताले…

2 days ago

माटोको ढिस्को

अन्जु शर्मा रातोपुल मूर्तिका आँखाबाट आँसु खसे। उसले ढोकाबाट अवलोकन गर्दै गरेका मूर्तिकारलाई नमन गर्दै…

2 days ago