Categories: बाल कथा

स्कूल फी


मधुसूदनप्रसाद घिमिरे

किसाेर किसाेरीद्वारा आन्दाेलन भयाे । देशकाे सत्ता ढल्याे । भ्रष्टाचार दुराचार अत्याचार अव अन्त्य हुन्छ भन्ने नागरिकहरुले विश्वास लिए। नयाँ सरकारले विषेश ताम झामका साथ सपथग्रहण ग-याे। सय दिनमा सय कामकाे नाराले नागरिक मतदाता सवै खुशी हुँदै गए।
सरकारी नाेकरी पाउने देशवासीहरु मध्ये दश प्रतिशत हाेलान्। अरु त विभिन्न प्राइभेट काम गर्ने नै छन् देशबासीहरु।
प्राइभेट् काम गर्ने मध्ये तुर्केकाे घर पनि एक हाे।
तुर्केले सकी नसकी छाेरा छाेरी पढायाे । सरकारी काम पाउन खै कसरी हाे त्याे परिवारले पाएन। प्राइभेट् स्कूलमा मार्कर बोक्ने भए तुर्केका छाेरा छाेरी।
तुर्केकाेठा पनि अव इह लिला समाप्त भइसक्याे। घरमा छोरा बुहारी अन्याेल मुहारमा बसेका छन् । तुर्केकी श्रीमतीले छाेरा बुहारीलाई साेधी “किन अनुहार मलिन छ तिमीहरुकाे ? उनीहरुले एकै स्वरमा भने सरकारले प्राइभेट् स्कुल खारेज ग-याे अब हाम्राे काम पनि खाेसियाे।
आज सम्म काम गरेकाे रित्ताे हात भयाे महिनावारीले पारि कहिल्यै पुगेन।”
यस्तै यस्तै घटना परिघटना बिच। नातिनी रुदै आइ र भनी बाबा ! बाबा !! स्कुल फि तिर्न ढिला भाे रे। मलाई क्लासमा नै आएर म्यामले बिलदिनु भाे। मलाई त लाजै मर्नु भाे नि!”
नातिनीका यस्ता कुरा सुनेर बुहारीले तरक्क आँसु चुहाइ। छाेराले घुँडामा मुन्टाे राखी लुकेर भक्कानियाे।
तुर्केकी श्रीमतीले भनी “मैले हिजाे मात्र छ महिनाकाे बृद्ध भत्ता ल्याएकाे छु । ला यै पैसा लगेर स्कुल फी तिर ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

अपाङ्गता र बालापन

रोजिना घिमिरे के केबल सपाङ्ग शरीर, सबल इन्द्रिय र समाजले तोकिदिएको तथाकथित 'सामान्यता' को कसीमा…

1 hour ago

“बुबा मेरो भविष्य”

प्राप्ती रेग्मी स्याङ्जा पुतलीबजार कक्षा : ७ बुबा धेरै पसिना निकाली मेरो भविष्य खोज्दै हिड्नुहुन्थ्यो,…

2 hours ago

“सोह्र श्राद्ध”

मधुसुदन घिमिरे छाेरीकाे छाेराे ताेरीकाे साग अदुवाकाे अचार पितृकाे भाग पातकाे टपरी दूना बुहारी सीप…

1 day ago

“समाचार”

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा "एउटा कुरा थाहा पाउनु भयो मम्मी ?" सानी…

1 day ago

बानी

अन्जु चालिसे ‘रूपाञ्जली’ आरुबारी, काठमाडौँ “समाजमा धेरै विकृति फैलियो, अब बदलिनुपर्छ!” सभाहल तालीले गुञ्जियो। गान्धी…

2 days ago

“मेरो सानो कोठा”

शशि अर्याल लम्साल मेरो सानो कोठा छ काेठामा एउटा ढाेका छ ढाेकाकाे छेउमा टेबुल गर्छु…

3 days ago