केशव नेपाल ‘नील’
बलेफी -८, लामोसाँघु ,सिन्धुपाल्चोक
“आज फेरि कसैको पसल उठाइएछ नि !” रामबहादुरले चिया सुर्क्याउँदै भन्यो।
“सडक व्यवस्थित गर्नुपर्छ नि!” छेउको साथीले सहजै उत्तर दियो।
“अस्ति बस्तीका छाप्रा भत्काउँदा पनि यही तर्क थियो, होइन र ?”
“त्यो त अतिक्रमण हटाएको हो।” उसले सहज रूपमा जवाफ दियो ।
“हिजो प्रश्न गर्नेहरूको आवाज दबाउँदा ?” अर्को थपे ।
“अराजकता नियन्त्रण गरेको होला।” अमिलो महशुस गर्दै जवाफदेही जनायो ।
रामबहादुर केहीबेर चुप लाग्यो। त्यही बेला मोबाइलमा समाचारको शीर्षक आयो ‘सरकारको आलोचना गर्ने पत्रकारमाथि कारबाही।’
उसले साथीलाई हेर्यो।
“अब कसको पालो होला ?”
साथीले चियाको कप राख्दै भन्यो, “हाम्रो के बिग्रेको छ र ? हामी त कसैको विरोध गर्दैनौँ।”
रामबहादुर मुस्कुरायो, “हो, अहिलेसम्म त हामीलाई बोल्न दिइएकै छ ।”
“त्यसमा पनि डराउनुपर्ने ?”
“आज अरूको आवाज दबिँदा चुप बस्यौँ, भोलि आफ्नो आवाज हराउँदा कसले बोलिदेला ?”
साथी मौन रह्यो।
चियापसलमा चिया उम्लिरहेको थियो, तर मान्छेहरूको आवाज सेलाउँदै थियो।
शोभा कोइराला हिजै शरद्काे सकिएर राज हेमन्तकाे हुन्छ प्रवेश आज ।। वसन्तको हालत हुन्छ यस्तै…
नन्दलाल आचार्य सिद्धार्थटोल, उदयपुर एउटा सानो गाउँ थियो, गाउँमाथि हरियो वन, खोलो गाउने मीठो गीत,…
महेन्द्र नेउपाने लोकन्थली,भक्तपुर आज भाइटिकाको दिन। बिहानै उठेर ड्रइङ रुमको सोफामा बसेको थिएँ। आँखा सिधै…