Notice: Undefined index: HQiFVE in /home/sarathib/public_html/wp-includes/class-wp-role.php on line 1

Notice: Undefined index: irFvPz in /home/sarathib/public_html/wp-includes/rest-api/endpoints/class-wp-rest-revisions-controller.php on line 1
मौनताको आवाज | सारथि बाल पत्रिका
Categories: बाल कथा

मौनताको आवाज


श्री इन्दिरा छेत्री
उदालगुरी असम

घरभित्रको एउटा कुनाको पलङ्मा घोप्टोपरी लमतन्न परी सुतेर रोहित हरेक दिन मोबाइल स्क्रिनमा हराइरहन्थ्यो। छेउमै बसेकी आमाले बोलाउँदा पनि उसले एकैछिन पछि भन्ने शब्द बाहेक केही बोल्दैन्थ्यो। घरमा बाबु, आमा, दिदी बहिनी सबै थिए, तर घरभित्र बोल चाल थिएन। सबै आ–आफ्नो संसारमा बन्द थिए। रोहित स्कुलमा हुँदा घरबाट फोन आयो। बाबु बिरामी भएर अस्पताल लगेको भनेर। रोहित दौडिँदै अस्पताल पुग्दा बाबु मौन थिए, अक्सिजनको सहारामा साँस चल्दै थियो। रोहितले पहिलो पटक बाबुको चाउरिएको हात समायो। बाबुको आँखाबाट बग्ने आँसु शब्दबिहीन थिए, तर ती आँसुले धेरै कुरा भनिरहेका थिए। त्यही क्षण रोहितलाई सम्झना आयो—कहिल्यै बाबुसँग खुलेर बोलेन, आमाको माया बेवास्ता गर्यो, परिवारसँग समय बिताएन। बाबुको त्यो मौनताले रोहितको अन्तरआत्मा हल्लाइ दियो।
एकै छिनपछि बाबुको स्वास्थमा सुधार आयो । बाबु मृत्युको मुखबाट फर्केर आउनुभएको रोहितले हृदयले महशुस गरेको थियो। रोहित अहिले बदलिएको छ। मोबाइलभन्दा माथि मानिस देख्न थाल्यो। उसले घरमा बोल चाल सुरु गर्रो, छिमेकीसँग बोल्न थाल्यो, समाज बुझ्न थाल्यो।
आज हामी प्रविधिमा त जोडिएका छौँ, तर मनबाट टाढिँदैछौँ। समयमै सम्बन्धको मूल्य नबुझे, मौनताले सबै कुरा खोस्न सक्छ। बन्ने कुरा रोहितले मज्जले बुझेर आज ऊ मोबाईल भन्दा बड़ी परिवारसँग समय बिताउन थालो।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

असमानता

तुलसी पण्डित आमा सुनौलो सपना साँचेर विदेश आइयो तर सबै कुरा सोचे जस्तो हुने रहेनछ।…

23 hours ago

बालबालिकालाई पूर्वपश्चिम कसरी चिनाउने?

नरिश्वर गौतम बिहानै हेर त फर्केर जताबाट आउँदैछ घाम बढ्दै जान्छ उज्यालो पूर्व दिशा त्यसको…

24 hours ago

“रमाइलाे”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर-६ दाेलखा लेखपढ रमाइलाे छ, खेलकुद रमाइलाे छ, याे धर्तिमा के रहेछ, सुझबुझ…

2 days ago

चन्द्रमाको कुर्ता

नारायण नाथ योगी इटहरी, सुनसरी एक दिन आकाशमा चम्किरहेको चन्द्रमाले हठ गर्यो। उसले आमा आकाशदेवीलाई…

2 days ago

आश्वासन

प्रतिज्ञा प्रतिज्ञा मेहेलकुना, सुर्खेत “यो कसले दिएको ?” छोराको हातमा मिठाई देखेपछि उनले हकार्दै सोधिन्।…

3 days ago

गुण

शुक्रराज कुँवर बलभद्रपथ, धरान१० हाल अष्ट्रेलिया बगैँचामा फूलको रसपान गरिरहेको मौरीलाई भमराले भन्यो, "तिम्रो र…

3 days ago