राज कुमार राजभण्डारी खाेटाङ्गे
मध्यपुर ठिमी ५
संगम काेलाेनी राधे राधे भक्तपुर

अनगिन्ती लक्ष्य बाेकी
हिंडेको यात्रु हुँ म
बाटो अफ्ट्यारो छ या सफ्ट्याराे छ
मलाई केही थाहा छैन,
सहजै गन्तव्यमा पुग्छ या पुग्दिन
त्यो पनि केही थाहा छैन
सपनाहरू धेरै छन्
पूरा हुने नहुने थाहा छैन
हेर्ने दृष्टि एउटै
तै पनि म हिँडि रहेको छु,
मेरा ती रहरहरू
अनमाेल रत्न बनी सके
मेरो हातहरू रित्ता छन्
रातहरू छिपि सके
भाेकै छु त्यसैले त अनिधाे छु
म मेरो शब्दहरू शब्दकोषमै सिमित भए
मेरो बाेली सुन्दिने
आज काेही नहुँदा
आज लज्जित भएको छु म ,
यात्रामा निस्किएको पनि धेरै भयो
मेरा सारा सपना अधुरै हुने भयाे
थकित बटुवा बनेको छु म
थकाइ मार्ने चौतारी खाेज्छु
तर शीतल चौतारी कताई भेट्दिन
उफ बेहाल छु , म
जिउँदो लास बनेकोछु म !

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

शत्रु

बलराम दंगाल रत्ननगर, चितवन हाल–अष्ट्रेलिया साँझ पर्न लागेको थियो। असफलताले थाकेको युवक पीपलको रूखमुनि बसेका…

18 hours ago

“गुण”

ह्रदय लेकाली बोल्दैन लाटो जब बोल्न थाल्छ ढुङ्गा र माटो पनि बोल्छ थाल्छ त्यो जून…

19 hours ago

“विद्यार्थीहरूप्रति”

आत्माराम न्यौपाने तिम्रा साना कर-कलमले लेख्छ नौलो भविष्य तिम्रा साना मृदु नयनले देख्छ सम्पूर्ण विश्व…

19 hours ago

परीक्षा

सुमन कडरिया चितवन विद्यालयको ७५ औँ हीरक जयन्ती भव्य रूपमा मनाइँदै थियो। समारोहकै बीच पूर्वविद्यार्थी…

2 days ago

वर्षाको वितन्डा

समर भण्डारी गोलबजार३,जम्दह तीन दिनदेखि अविरल पानी परिरहेको थियो। खोला उर्लियो, घर–आँगन डुबायो। रातभरि गाउँमा…

2 days ago

“झरी”

अम्बिका धिताल कालो यो मेघ गड्याङ र गुडुङ गगन ढाकेर पर्यो है झरी यो छातीभरि…

3 days ago