अरूणा काेईराला
नथुन बाटाहरू मेरा
म खुल्ला छु
सक्छु हुत्याई दिन
अव्यवस्थित बस्ती बस्तीहरूलाई
छेकवार लगाउनेहरू
तिमीहरूको हुर्मत लिन सक्छु
म राेकिन्न राेकिन्न
म त बगिरहन्छु अनन्त सम्म
सभ्यता सिर्जना गर्ने म
प्रकृति जन्माउने म
तिमी क्रुर असभ्य भए जस्तै
म पनि असभ्य बन्न सक्छु ।।
न विर्स तिम्रा पूर्खाहरूलाई
न विर्स ओडार र गुफाको जीवनयात्रालाई
न विर्स जंगली जनावरको यात्रालाई
हाेशियार,
चाैडा सडक , गगनचुम्बी भवनहरूलाई
तिम्रा शताब्दी शताब्दीका कृत्रिम बनाेटहरू
पलभरमा ध्वस्त हुन्छन्
तिमी असभ्य हुँदा
म पनि त असभ्य हुन सक्छु।
रोजिना घिमिरे अँध्यारो, कति बाक्लो हुन्छ यो अँध्यारो ? के यसलाई मुठ्ठीमा समातेर बाहिर फाल्न…
कृष्णलाल शर्मा जागीरोड, असम आज अचानक दर्किरहेको भिषण झरीले मेरो आँगन छिद्र पार्दा हिलो बेस्सरी…
अम्बिका धिताल काभ्रेपलाञ्चोक, हाल भक्तपुर दिनदिनै हेर देशका युवा विदेश गए है रुँदैछिन् आमा सन्तान…
शोभा कोइराला तातो हावा अतिशय भयो रोकिने छाँट छैन आषाढैको प्रथम दिनमै खोज्न केही हुँदैन…
मौसमी चंद्रा पटना बिहार गाउँको छेउमा एउटा सानो घर थियो, जहाँ मीरा बस्थी। ऊ सात…