उमानाथ दाहाल
“यसपटक पनि मेहनत नै नपुगे जस्तो देखियो।” लोकसेवा आयोगले लिएको नासुको परीक्षामा असफल भएर चिन्तित अवस्थामा देखिएको छोरो गणेशलाई इङ्गित गर्दै पद्मप्रसादले भने।
“खै मेहनत पनि कति चैँ गर्नु पर्ने हो ?” गणेशले दबिएको आवाज निखाल्यो।
“छोरो सरकारी जागिरे भएको हेरेर मरौँ भनेको, नपुग्ने जस्तो छ ।” पर्तिर खाटमा पल्टेकी सरस्वतीको विमारले शिथिल बनेको आवाज निस्कियो।
आमाका शब्दले गणेशको अन्तस्करणमा चोट पुर्यायो । उसले आमालाई एकछिन् हेरिरह्यो र मनमनै ईश्वरसँग प्रार्थना गर्यो – “हे भगवान् ! आमालाई आजै केही नहोस् । अबको पल्ट म जसरी भए पनि पास गरेर देखाउँछु ।”
गणेश मनमा कुरा खेलाउँदै थियो पद्मप्रसादको आवाजले उसको ध्यान खिच्यो। उनी भन्दै थिए – “भयो त अब, चिन्ता गरेर के हुन्छ ? उमेर गएको छैन फेरि प्रयास गर्नुपर्छ।”
“पक्कै बुबा ! अब चैँ पार नलाई भएन ।” गणेशको आवाजमा केही आत्मविश्वास देखियो।
“तर मेहनतको डोरी अझै धेरै तन्काउनु पर्छ बाबु ! धनुर्विद्याको सिद्धान्त अपनाउनु पर्छ।” पद्मप्रसादले छोरालाई सल्लाह दिए।
“मतलव बुबा !”
गणेशका जिज्ञासु नेत्रलाई सम्बोधन गर्दै पद्मप्रसादले भने – “तीर चढाएर ताँदोलाई जति पछाडिसम्म तन्काउन सकिन्छ प्रहार त्यतिनै शसक्त र सफल हुन्छ।”
इन्दु उपाध्याय हेलेम-मिसामारी,आसाम साँझको समय थियो। रोशन कार्यालयबाट फर्किएपछि सोफामा बसेर मोबाइलमा व्यस्त थियो। सामाजिक…
मणिराज भट्टराई गठ्ठाघर, भक्तपुर हुँदैन सन्तानको मायाँ कहिल्यै पनि धेर थोर मैले सम्झिएकै छु तिमीले…