Categories: कविता

“ग्रीष्म”


गणेश आत्रेय
मदनपोखरा,पाल्पा

गरम छर्दछन् सूर्य तापले।
सकस भर्दछन् घाम रापले॥
ऋतु पर्यो कडो ग्रीष्म जेष्ठ यो।
असक बृद्धको दिन्छ कष्ट यो॥

शिशु अनाथमा दर्द छर्दछ।
गरिब दीनमा आह भर्दछ॥
सुमन बागका वैलिँदै गए।
फसल खेतका झुल्सिँदै गए॥

खग र जन्तुमा डाहका व्यथा।
मनुज भित्र छन् आहका कथा॥
रवि तिमी स्वयं छौ र निर्दयी!
विधि विधानमा छौ र निर्भयी॥

तरर झर्दछन् स्वेद तर्तर।
पवन चल्दछन् तप्त भर्भर॥
न जलमा चिसो मिल्छ खै कतै!
न त सिँयालदा वृक्ष छन् कतै॥

सडक तातिई बन्छ निष्ठुरी।
पवन बाफिई चल्छ हुर्हुरी॥
वन र वाटिका छन् दुखी स्वयम्।
तरु र वल्लरीमाथि खै रहम्॥

जलद निष्ठुरी झर्न बिर्सियो।
झरर निर्झरी खस्न तर्सियो॥
विकल छन् सबै बोट पालुवा।
नहर शुष्क छन् तप्त बालुवा॥

प्रकृति ग्रीष्मको गर्म फालिदे।
नियति कष्टको छर्न छाडिदे॥
सरस शान्तिको सौख्य दे मिठो।
अकस तापको दर्द मेटिदे॥

सारथि बाल पत्रिका

Recent Posts

साइनो

बिन्दु पाैडेल वस्ती भरतपुर-२,चितवन "तपाईँ त्यसरी नआत्तिनुस् । आत्तिँदैमा समस्याको समाधान कहाँ निस्किन्छ र ?…

4 hours ago

“अ…..अ:”

धनराज सिलवाल चितवन अनारको पहिलो अक्षर टिप सानू अ आमाको पहिलो अक्षर टिप सानू आ…

4 hours ago

“निर्बोध प्रेम”

प्रह्लाद दवाडी लिङमो पेपथाङ्,दक्षिण सिक्किम "आज तिमीहरू मिठो मिठो खाउ ल, म पनि खुवाउँछु" सानीले…

4 hours ago

गार्गी जस्तै जन्मियून् श्रेष्ठ नारी

शोभा कोइराला नारी यस्ता निडर बनियून् शङ्ख उद्घोष गर्ने योद्धा बन्दै हरबखत नै सत्यको खोज…

5 hours ago

चञ्चल

शान्ता शाक्य धापाखेल,ललितपुर "तिमी चुप लाग।" "लाग्दिन।" "मेरो साथी तिम्रो साथीभन्दा चञ्चल छ।" "होइन क्या…

2 days ago

बतास चलेको त्यो रात….!

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल:ललितपुर "ए उठ ! उज्यालो हुनै लाग्यो, रातभरिको हावाले आँप भुइँभरि झरेका…

2 days ago