Categories: बाल कथा

लोकापवाद

लता के. सी.
तीनकुने , काठमाडौं ।

साथीहरूको जमातमा बसेर ऊ भन्दै थियो , “सबु त एक नम्बरको घमण्डी हो नि ! तिमीहरूले उसँग सङ्गत नगर्नू है !”
केहीले पत्याएर कान समात्दै भने ,” म त उसको अनुहार नि हेर्दिनँ ।”
केहीले खुसुरफुसुर गरे , ” त्यस्तो असल मानिसको यसले किन खेदो खनेको होला ? उसले सुन्यो भने उसको मानसिकता कस्तो होला ? ”


अर्कोले सही थाप्यो ,” यसरी समूहमा बसेर अरूको छवि बिगार्नु त सोह्रै आना गलत हो । ”
विश्वास र अविश्वासको खाडल खनिँदै थियो । एकआपसमा तर्क वितर्क चलमलाउँदै थियो । सबु हातमा मिठाई बोकेर आइपुग्यो । “मेरो आज जन्मदिन ! ” भनेर सबैलाई बाढन थाल्यो । सबैले मुण्टो बटारे । उसलाई नरमाइलो लाग्यो । उसले सोध्यो , ” माया र श्रद्धाको प्रसाद किन नलिएको ? ”
कोही बोलेनन् । सबुलाई त्यहाँ बस्न मन लागेन । ऊ पुस्तकालय गयो । साथीहरूको व्यबहारले आफ्नो दुखेको मन बहलाउन किताबमा ध्यान दियो । ” आफू भलो त जगत भलो ! ” लेखिएको वाक्य पढदा ऊ मुसुक्क हाँस्यो ।
उत्ति नै बेला बाहिर कसैले भनेको सुन्यो ,” सबुको खुट्टा तान्न पो उसले हामीलाई भड्काएको रहेछ । “

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

‘फलामे गेट’ मञ्चित, नाटककार भुसाल सम्मानित

काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…

12 hours ago

“म नेपाली छोरी”

रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…

13 hours ago

“सानाे शब्द”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…

1 day ago

डर

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "मम्मी भोक लाग्यो !"- पप्पुले आमाले पकाइरहेको कुरौनी देखेर भन्यो।"…

1 day ago

सौगात

शिव कुमार रेग्मी पोखराथोक,पाल्पा सुन्दरीको पढाइ धेरै राम्रो थियो। उनले धेरै पढेर आमा-बुवाको नाम राख्न…

3 days ago

“बाल अठोट”

धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…

3 days ago