माहेश्वरी भट्ट
कञ्चनपुर
“तिमीलाई के लाग्छ, नारी भनेको के हो?”
विद्यालयको साहित्यिक गोष्ठीमा शिक्षकले सोधेको प्रश्नले कक्षाभरि एकछिन मौनता छायो।
कसैले भन्यो— “ममता।”
अर्कोले भन्यो— “त्याग।”
कसैले थप्यो— “सहनशीलता।”
पछिल्लो बेन्चमा बसेकी आराध्या भने चुपचाप थिई। उसको आँखामा कुनै टाढाको रात झल्किरहेको थियो। शिक्षकले उसैतिर हेरे— “आराध्या, तिमी के भन्छ्यौ ?”
आराध्या बिस्तारै उठी। “सर… नारी भनेको केवल सहने शक्ति होइन, नारी भनेको सृष्टिलाई बचाइराख्ने अन्तिम साहस हो।” कक्षामा सुस्केरा जस्तो हलचल भयो।
शिक्षकले सोधे— “त्यो कसरी?” आराध्या केहीबेर मौन रहिन्, अनि बिस्तारै बोल्न थालिन्—
“केही वर्षअघि हाम्रो गाउँमा ठूलो बाढी आयो। चारैतिर पानी मात्र थियो। मानिसहरू आत्तिएका थिए। घरहरू बगिरहेका थिए।
त्यो रात मेरी आमाले मलाई काँधमा बोकेर, हजुरबुवाको हात समाएर, छातीसम्मको भेल चिर्दै सुरक्षित ठाउँमा पुर्याउनुभयो। हामी त बाँच्यौँ…
तर बिहान उज्यालो हुँदा थाहा भयो— आमा भने त्यो भेलमै हराइसक्नुभएको थियो।”
कक्षा एकाएक स्तब्ध भयो।
शिक्षकको स्वर पनि भिज्यो— “तिम्रो आमाको नाम…?”
आराध्याले टाउको झुकाउँदै भनिन्—“सर… उहाँको नाम त सानो थियो— माया।
तर त्यो रात मैले बुझें—नारीको वास्तविक नाम ‘शक्ति’ रहेछ।”
घनश्याम रेग्मी "कहिल्यै बिरामी पर्नु भएको छ ?" कसैले प्रश्न गर्यो भने म लगायत…
शम्भु ढकाल सूर्याेदय न पा १२ आठघरे,इलाम "के गर्दै हुनुहुन्छ आमा ?" साँझपख छाेरीले फाेनमा…
शोभा कोइराला वसन्तकी सुन्दर पुष्प नारी लज्जा भएकी पनि दिव्य नारी नारी बिनाको घर नै…
सुरेशकुमार पाण्डे दाङ घोराही १८ "ओहो बालकले के काम गर्छ ?"- डाक्टर पुनितले रामेको हात…
गणेश आत्रेय मदनपोखरा,पाल्पा हाम्रो नाति छ हेर; अल्छी छैन ल हेर। प्रातः काल सबेर; उठ्छ…