Categories: बाल कथा

“शक्ति”


माहेश्वरी भट्ट
कञ्चनपुर

“तिमीलाई के लाग्छ, नारी भनेको के हो?”
विद्यालयको साहित्यिक गोष्ठीमा शिक्षकले सोधेको प्रश्नले कक्षाभरि एकछिन मौनता छायो।
कसैले भन्यो— “ममता।”
अर्कोले भन्यो— “त्याग।”
कसैले थप्यो— “सहनशीलता।”
पछिल्लो बेन्चमा बसेकी आराध्या भने चुपचाप थिई। उसको आँखामा कुनै टाढाको रात झल्किरहेको थियो। शिक्षकले उसैतिर हेरे— “आराध्या, तिमी के भन्छ्यौ ?”
आराध्या बिस्तारै उठी। “सर… नारी भनेको केवल सहने शक्ति होइन, नारी भनेको सृष्टिलाई बचाइराख्ने अन्तिम साहस हो।” कक्षामा सुस्केरा जस्तो हलचल भयो।
शिक्षकले सोधे— “त्यो कसरी?” आराध्या केहीबेर मौन रहिन्, अनि बिस्तारै बोल्न थालिन्—
“केही वर्षअघि हाम्रो गाउँमा ठूलो बाढी आयो। चारैतिर पानी मात्र थियो। मानिसहरू आत्तिएका थिए। घरहरू बगिरहेका थिए।
त्यो रात मेरी आमाले मलाई काँधमा बोकेर, हजुरबुवाको हात समाएर, छातीसम्मको भेल चिर्दै सुरक्षित ठाउँमा पुर्याउनुभयो। हामी त बाँच्यौँ…
तर बिहान उज्यालो हुँदा थाहा भयो— आमा भने त्यो भेलमै हराइसक्नुभएको थियो।”
कक्षा एकाएक स्तब्ध भयो।
शिक्षकको स्वर पनि भिज्यो— “तिम्रो आमाको नाम…?”
आराध्याले टाउको झुकाउँदै भनिन्—“सर… उहाँको नाम त सानो थियो— माया।
तर त्यो रात मैले बुझें—नारीको वास्तविक नाम ‘शक्ति’ रहेछ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

सौगात

शिव कुमार रेग्मी पोखराथोक,पाल्पा सुन्दरीको पढाइ धेरै राम्रो थियो। उनले धेरै पढेर आमा-बुवाको नाम राख्न…

22 hours ago

“बाल अठोट”

धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…

22 hours ago

शून्यको यात्री र रित्तो सेतो छडीको रोदन

रोजिना घिमिरे अन्धकारको यो अनन्त सुरुङभित्र उभिएर म आफ्नै अस्तित्वको ढकढक्याहट सुनिरहेको छु। गुरु, तपाईँले…

2 days ago

“पुतली”

गणेश आत्रेय मदनपोखरा,पाल्पा फुरफुर पुतलीले नृत्यलीला चलाई। सकल सुमन चाली मोजमा अल्मलाई॥ मधुर सुमन रोजी…

2 days ago

पुलेसो

बिन्दु पाैडेल वस्ती भरतपुर -२, चितवन पहाडको फेदमा सम्म परेको फाँट थियो । खेतीयोग्य जमिन…

2 days ago

मायाप्रेम

शुक्रराज कुँवर धरान १० प्रसव पीडाले रेखा साह छटपटाइरहेकी थिइन्। प्रसुति कक्षमा नर्सहरू आ-आफ्नो जिम्मेवारीमा…

3 days ago