दुर्गा घिमिरे
फुङ्ग्री उडेको धुलो,
घुम्मिएको महिलो आकाश,
जताततै काला बादलहरू।
साना–साना नानीहरूलाई
तर्साउन बिजुलीका लप्का बोकेर बेला
ए नयाँ वर्ष !
चेतन बिहानको शुभारम्भ गर्दै,
तिमीले देखाएका बाटोहरूमा
एक सुन्दर नयाँ वर्ष बनेर
निर्जन बस्तीहरूमा आइदेऊ।
किसानहरूको आँत रसाइदेऊ।
शहर रहरले बनेको बेला ,
गाउँ बाध्यताले बाँधिएको छ।
अनगिन्ती सपना बोकेर
गाउँ शहरको भीडमा हराउँछ।
गाउँका झरनाको निर्मल पानी
‘मिनरल वाटर’ भित्र थुनिएको छ।
गाउँ बनाउन शहर पसेकाहरू
शहरमै थुनिएका छन्।
शहरका सपना गाउँमा थुपार्दै,
चाहन पल्केका चाहनाहरू
व्यापार नचलेर थन्किएका छन्
अनि जीवन जिउन हिँडिरहेका छन्।
सपना बनाउदै सत्यको खोजीमा
बिहानीको उज्यालोमा
चेतनाको प्रतीक बनेर आइदेऊ।
किसानका अधुरा सपना पूरा गरिदेऊ,
ए नयाँ वर्ष,अभावको खाड्ल पुरेरआईदेऊ।
प्रमाेद नेपाल "बाबा ! हजुरकाे र मेराे माेजा उस्तै ।" नातिनीकाे कुरा सुनेर धनबहादुर जिल्ल…
शान्ति भण्डारी दाहाल बुद्धनगर काठमाण्डौँ ऋतु र वर्षा दिदी भाइ थिए । ऋतुले भाइ वर्षालाई…
दुर्गा घिमिरे "बा निकै बिरामी हुनुहुन्छ। डाक्टरले तुरुन्तै अप्रेशन गर्नुपर्छ भनेका छन्। कम्तीमा पचास हजार…
रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ मोबाइल हेर्ने बानीले दिक्कै पारिन् नानीले किताब पढ्न हुन्न र ?…
डा छायादत्त न्यौपाने फर्की आऊ युवा तिमी बाँझो खेत भन्छ श्रम गरे हात चले घरै…