दुर्गा घिमिरे
फुङ्ग्री उडेको धुलो,
घुम्मिएको महिलो आकाश,
जताततै काला बादलहरू।
साना–साना नानीहरूलाई
तर्साउन बिजुलीका लप्का बोकेर बेला
ए नयाँ वर्ष !
चेतन बिहानको शुभारम्भ गर्दै,
तिमीले देखाएका बाटोहरूमा
एक सुन्दर नयाँ वर्ष बनेर
निर्जन बस्तीहरूमा आइदेऊ।
किसानहरूको आँत रसाइदेऊ।
शहर रहरले बनेको बेला ,
गाउँ बाध्यताले बाँधिएको छ।
अनगिन्ती सपना बोकेर
गाउँ शहरको भीडमा हराउँछ।
गाउँका झरनाको निर्मल पानी
‘मिनरल वाटर’ भित्र थुनिएको छ।
गाउँ बनाउन शहर पसेकाहरू
शहरमै थुनिएका छन्।
शहरका सपना गाउँमा थुपार्दै,
चाहन पल्केका चाहनाहरू
व्यापार नचलेर थन्किएका छन्
अनि जीवन जिउन हिँडिरहेका छन्।
सपना बनाउदै सत्यको खोजीमा
बिहानीको उज्यालोमा
चेतनाको प्रतीक बनेर आइदेऊ।
किसानका अधुरा सपना पूरा गरिदेऊ,
ए नयाँ वर्ष,अभावको खाड्ल पुरेरआईदेऊ।
मणिराज भट्टराई गठ्ठाघर, भक्तपुर हुँदैन सन्तानको मायाँ कहिल्यै पनि धेर थोर मैले सम्झिएकै छु तिमीले…
लालबहादुर भुजेल पहिलै पहिलै हिन्दू धर्म संस्कृतिकाे पढाई, गुरूकुलमा हुने गर्थ्याे लेखाई र सिकाई !…
अन्जु शर्मा रातोपुल मूर्तिका आँखाबाट आँसु खसे। उसले ढोकाबाट अवलोकन गर्दै गरेका मूर्तिकारलाई नमन गर्दै…