Categories: बाल कथा

सधैँ एक्लो दशैँ

शान्ति भण्डारी दाहाल
बुद्धनगर

“यसपालि त छाेराहरुले दशैमा घर आउछाै भनेकाछन् बुढी” धनराजले खुसि हुँदै श्रीमतीलाई सुनाए । टुल्कीदेवी पनि खुसि भईन् ।
धेरै बर्ष पछि छाेराबुहारी नातिनातिना सङ्गै बसेर दशैँ मनाउन पाईने भयो भन्दै खुसिका आँसु झारिन् ।
अनि बुढालाई भनिन् “सबैजना जम्मा हुने भए पल्लो गाउँमा गएर कतै खसी बाेका पाईन्छ कि ल्याएर आउनुस् हजुर ।”
धनराजलेे भने “हैन के कुरा गरेकाे, सबै परिवार जम्मा हुन लागेका छन्, घरकै खसी छ नि किन बाहिर जाने ? फेरि हामीसङ्ग धेरै पैसा पनि त छैन नि किनेर ल्याउनलाई ।”
बुढाकाे कुरा सुनेर टुल्कीदेवी झनक्क रिसाईन, “हैन, याे त सानु बच्चा नै छ , सबैलाई मासु पनि पुग्दैन । राम्रोसङ्ग पालेपछि ठुलाे हाेला, अनि काट्दा ठिक हुन्छ नि । भाे ढिला नगर्नुस्, गहिहाल्लुस्, पछि नपाए के गर्नु नि ?” भन्दै घरकाे सरसफाई गर्न थालिन् ।
बुढीले ठिकै कुरा गरिभन्ठानेर धनराज पल्लो गाउँ गए । खसी किनेर ल्याए । घरकाे आँगनमा खसी बाँधे । खसी बेजाेडले कराउन थाल्यो । त्यसैबेला फाेनकाे घण्टी बज्यो । हतार हतार धनराजले फाेन उठाए । कान्छाे छाेराले कल गरेको रहेछ । छाेरासित गफ सकिए पछि मलिन स्वरमा बुढीलाई सुनाए” सानेले फाेन गरेको , ठुलेकाे छुट्टि मिलेन रे, उनीहरु घर नआउने भएछन्, यसपालि पनि हाम्रो एक्लाे दशैँ”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“सोह्र श्राद्ध”

मधुसुदन घिमिरे छाेरीकाे छाेराे ताेरीकाे साग अदुवाकाे अचार पितृकाे भाग पातकाे टपरी दूना बुहारी सीप…

27 minutes ago

“समाचार”

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा "एउटा कुरा थाहा पाउनु भयो मम्मी ?" सानी…

43 minutes ago

बानी

अन्जु चालिसे ‘रूपाञ्जली’ आरुबारी, काठमाडौँ “समाजमा धेरै विकृति फैलियो, अब बदलिनुपर्छ!” सभाहल तालीले गुञ्जियो। गान्धी…

1 day ago

“मेरो सानो कोठा”

शशि अर्याल लम्साल मेरो सानो कोठा छ काेठामा एउटा ढाेका छ ढाेकाकाे छेउमा टेबुल गर्छु…

2 days ago

बालदिवस

बलराम दंगाल रत्ननगर,चितवन हाल-अष्ट्रेलिया माया बिहानै आमासँगै हतौडा बोकेर सडकछेउ आइपुगेकी थिई। घाम चर्किँदै जाँदा…

2 days ago

“शरद्को सुन्दरता”

मोहन प्र घिमिरे शान्तिनगर, शिद्धिचरण मार्ग, वानेश्वर आयौ शरद् घरैमा आनन्दको छ बेला मीठो समीर…

3 days ago