Categories: कविता

“मेरी प्यारी साथी”

नमुना लामा
बाल विकास बोर्डिङ हाइ स्कुल
कक्षा :१०
बूढानीलकण्ठ , काठमाडौँ

हिँड्दै थिएँ लामो यात्रा साथमा तिमी आयौ
यो हृदयको केन्द्रमा ठाउँ तिमीले पायौ
कति पल कठिन थिए तिमीले सहज पारिदियौ
हाँस्दा सँगै हाँस्थ्यौ पनि रुँदा आँसु झारिदियौ।

असल बाटो हिँड्नलाई सदा प्रेरित गर्‍यौ
जिन्दगीको गोरेटोलाई रमणीय पार्‍यौ
बिराउँछु कि बाटो भनी चलाख बनिकन
राम्रो मान्छे बन्नुपर्छ सधैँ भनिकन।

पढ्नलेख्न छलफल गरी भएको छ जाती
जिन्दगीको गोरेटोमा तिमी प्यारी साथी
हरेक पल तिमी भए लाग्छ मलाई राम्रो
मित्रताको डोरी अझै मजबुत बनोस् हाम्रो।

अघि बढ्दै जाँदा खेरि बाटो फरक भए पनि
सम्झिरहनु सधैँ मलाई पहिलाको झैँ बनी
तिम्रो लक्ष्य फलोस् फुलोस् ओठमा मीठो हाँसो
संगालेर हृदयमा राख्न सकूँ ठानी नासो।

सारथि बाल पत्रिका

Recent Posts

“सोह्र श्राद्ध”

मधुसुदन घिमिरे छाेरीकाे छाेराे ताेरीकाे साग अदुवाकाे अचार पितृकाे भाग पातकाे टपरी दूना बुहारी सीप…

13 minutes ago

“समाचार”

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा "एउटा कुरा थाहा पाउनु भयो मम्मी ?" सानी…

29 minutes ago

बानी

अन्जु चालिसे ‘रूपाञ्जली’ आरुबारी, काठमाडौँ “समाजमा धेरै विकृति फैलियो, अब बदलिनुपर्छ!” सभाहल तालीले गुञ्जियो। गान्धी…

1 day ago

“मेरो सानो कोठा”

शशि अर्याल लम्साल मेरो सानो कोठा छ काेठामा एउटा ढाेका छ ढाेकाकाे छेउमा टेबुल गर्छु…

2 days ago

बालदिवस

बलराम दंगाल रत्ननगर,चितवन हाल-अष्ट्रेलिया माया बिहानै आमासँगै हतौडा बोकेर सडकछेउ आइपुगेकी थिई। घाम चर्किँदै जाँदा…

2 days ago

“शरद्को सुन्दरता”

मोहन प्र घिमिरे शान्तिनगर, शिद्धिचरण मार्ग, वानेश्वर आयौ शरद् घरैमा आनन्दको छ बेला मीठो समीर…

3 days ago