Categories: कविता

“हाम्राे अपेक्षा”


पुण्यप्रसाद घिमिरे
बैत्यश्वर- ६, दाेलखा
२०८२/८/२

कक्षा हाम्राे घर हाे,
जिन्दगीकाे भर हाे,
सिकाइकाे मैदान नहाेस्
त्राश डरकाे।

खान्नभन्दा काेच्ने,नहाेस्,
गाँस करकाे,
वातावरण यस्ताे हाेस्,
सिक अनि गरकाे।

थेगाे नहाेस् गुरूकाे,
अनि पनि तरकाे,
उदाहरण यस्ताे हाेस्,
आफ्नै वरपरकाे सिकी।

जीवन पूर्ण हाेस्,
आफ्नै खुट्टा भरकाे,
अर्थ केही बुझ्दिन म,
अंश अनि हरकाे।

शिक्षणशैली फेरियून्,
मिस अनि सरकाे,
भरथेग पूरा हाेस्,
स्कुल अनि घरकाे।

रमाइलाे कक्षा हाेस्,
छानाे ढलान खरकाे,
आनन्दकाे छहारी त्याे,
पीपल अनि बरकाे।

सारथि बाल पत्रिका

View Comments

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“म आमा”

शान्ति सापकोटा तिमी सास मेरा तिमी आस मेरा म आमा भएरै तिमी खास मेरा तिमी…

13 hours ago

विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…

13 hours ago

सुरक्षित ठाउँ

अन्जु चालिसे रूपान्जली आरुबारी, काठमाडौ “सूचना! सूचना! सूचना! आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू ! जल…

13 hours ago

“भिखारी”

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा फाटेको मुटु जतन गरी दुःखले सिलायो मागेर सधैं…

2 days ago

उजाड

नन्दलाल आचार्य गोलबजार-४, सिरहा अँध्यारो कोठाभित्र चित्रकारको हात थरथर काँपिरहेको थियो । यद्यपि झ्याल बाहिरको…

2 days ago

“ढोका”

ह्रदय लेकाली तँ जुम्सोले केही गर्ने भइनस् भन्दै बाबुु लालसिँह कराएको सुनेर राजनले भन्यो "…

2 days ago