
लक्ष्मी बडाल
घाम लाग्यो झुल्केर,
फूल हाँस्यो फक्रेर,
चराले गीत गाउँदा,
नानी उठिन् हर्षेर!
हात समाई साथीको,
विद्यालय जाऔँला,
पढ्दै -लेख्दै रमाउँदै,
ज्ञानको दीप बालौँला!
हरियो वन, निलो आकाश,
सुन्दर हाम्रो गाउँ,
मिलीजुली हाँसी खेली,
खुसी बाँडौँ, नाउँ!
झगडा कहिल्यै नगरौँ,
माया सबैलाई गरौँ,
सफा राखौँ आफ्नो धरती,
राम्रो बालक बनौँ!





