Categories: बाल कथा

“निद्रा”

मित्र‛उराठी’ गौतम
अमरपुर गुल्मी हाल तिलोत्तमा न पा -२,रुपन्देही

म झसङ्ग भएर व्यूझिएँ।
ढोका खोलेको आवाजसँगै बाबा कोठाभित्र छिरीसक्नु भएको थियो।
‟हैन् निदाइसकिस् कि के हो ? आँखा त राताराता छन् नि।अझै गृहकार्य सकेको छैन् ? अनि पढ्ने कतिबेला ? यसपालि त्यो फणिन्द्रेलाई जित्न सकिनस् भने तेरो छाला काढ्छु, बुझिस् ?” बाबाको कर्कस आवाज वम जस्तै पड्कियो।
मेरो मुटु छाती फोरेर बाहिर निस्कुँला झैँ गरि उफ्रियो।
‟कतै बाबाको हातको पञ्जा मेरो गालामा नबज्रियोस्।” मनमनै भगवानसँग प्रार्थना गरेँ।
मिठो निद्रा एकैछिनमा लापत्ता भयो। जसोतसो गृहकार्य सकेँ।
बाबा सुत्नुभएको यकिन गरि म पनि सुतेँ।
अर्कोदिन बिहानै पल्लाघरे ठूलाबाको घरमा चलेको रुवाबासीले मेरो निद्रा बिथोलियो। आँखा मिच्दै उठेँ र बाहिर निस्केँ।
‟सारसम्दै सुतेका ठूलाबा बिहान अबेरसम्म पनि उठेनन् रे !” टोलमा यस्तै सुनियो।
मलाई लाग्छ, ‛मानिसको जीवनमा सबैभन्दा आनन्ददायक क्षण नै निद्रा हो।’
क्षणिक निद्राको लागि राजादेखि रङ्कसम्म सबै लालायित हुन्छन्। त्यसैले हरेक मान्छेले त्यो आनन्ददायक क्षणको पुनरावृत्ति चाहान्छ।
‟आहा! ठूलाबा अनन्त निद्रा निदाए। उनलाई अब जाग्नु पर्ने बाध्यता रहेन।” मेरो मुखबाट अनयासै वाक्य फुत्कियो।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“जिन्दगी”

मकुन्द खनाल जिन्दगी हो अमुलरत्न बुझ्न कति गार्हो बुझी बुझी बुझ पचाई सहन चै गार्हो…

9 minutes ago

सास्ती

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर "समयमै विचार नगर्दा दु:ख पाइने रहेछ ।" घनश्यामले भन्यो।…

25 minutes ago

साग

रजनी खत्री प्रिय साग मुटुभरिकाे माया तिमीलाई आफ्नै सुकाेमल हातले , आफ्नो सानो करेसाबारीमा राेपेँ,गाेडेँ,…

23 hours ago

अनौठो प्रेम

निमा छिरिङ भोटिया जलढाका कालेबुङ भारत माया, प्रेम भन्ने कुरा बुझ्न नै गाह्रो। खै कसैले…

23 hours ago

“लक्ष्मी छोरी”

रमेश खकुरेल सानी नानी धेरै ज्ञानी छिन् आमाकी आँखाकी नानी छिन् बानी धेरै धेरै राम्रो…

24 hours ago

अनुशासन

जमुना कायस्थ "माया" पोखरा आफैँ अनुशासन बिहीन शिक्षिका आफ्नो घर छोडेर अर्काको समान,मान्छे चोर्नेले खै…

2 days ago