Notice: Undefined index: HQiFVE in /home/sarathib/public_html/wp-includes/class-wp-role.php on line 1

Notice: Undefined index: RMrSdU in /home/sarathib/public_html/wp-includes/class-wp-user.php on line 1

Notice: Undefined index: mZFpGE in /home/sarathib/public_html/wp-includes/class-walker-category-dropdown.php on line 1

Notice: Undefined index: Jvxkbg in /home/sarathib/public_html/wp-includes/rest-api/endpoints/class-wp-rest-posts-controller.php on line 1

Notice: Undefined index: irFvPz in /home/sarathib/public_html/wp-includes/rest-api/endpoints/class-wp-rest-revisions-controller.php on line 1

Notice: Undefined index: mcnARR in /home/sarathib/public_html/wp-includes/widgets/class-wp-widget-media-audio.php on line 1
“परिक्षण” | सारथि बाल पत्रिका

“परिक्षण”

कात्यायन
चाबहिल, काठमाडौं – ७

काठमाडौंको उकुसमुकुस वातावरणबाट उन्मुक्ती पाउन, हामीहरू घुम्दै नजिकैको गाउँतिर आयौँ । अलि खुल्ला परिवेश थियो । तारबारले घेरिएका, लहलहाउँदा तरकारी खेती गरिएका रमणीय बारीहरू र परिवेशहरू थिए भने, अगाडि खुल्ला र सुख्खा चरणमा सिकुटिएका गाई-वस्तुहरू, घाँसको अभावमा फालिएका प्लास्टिक र कागजहरू खाँदै गरेका !
एकछिन त्यहीँ रुक्यौँ । र, निकट अर्गानिक तरकारी खेती लेखिएको खेतीतिर, “आहा ! कति लोभलाग्दा बाली !” भन्दै पस्यौँ ।
कृषकले सुन्नु भएछ । गमक्क पर्दै भन्नुभयो, “हो नि हजुर, काठमाडौंतिर नि सबै यतैबाट पठाउने गर्छौँ ।”
अर्को साथीले उत्साहित पार्दै भन्नुभयो, “कस्तो फस्टाएका !”
“हजुर, अर्गानिक पनि हुन् ! यता सस्तो पनि हुन्छ ।” कृषकले बखान गरे ।
मैले सोधेँ, “यी खेतीहरू हजुर कै हो ?”
वहाँले भन्नुभयो, “हैन हजुर । वडा कै जेटिए बाबुको ।”
फेरि सोधेँ, “हामीलाई बेच्नुहुन्छ नि ?”
“बेच्छौँ ।” वहाँको छोटो प्रतिउत्तर ।
केही बोराभरी विभिन्न हरिया-परिया राख्न लगायौँ । आवस्यक मूल्य दिएपछि वहाँले सोध्नुभयो, “कारमा राखिदिउँ ?”
मैले अगाडि रुख्खा-सुख्खा चर्दै गरेका वस्तु-भाउहरूलाई देखाउँदै भनेँ, “पर्दैन पर्दैन । हामी नै लगेर ती पशुहरूलाई खुवाउने छौँ ।”
कृषक आत्तिएर, एक्कासि बोरा खोस्दै भन्नुभयो, “तिनीहरूलाई दिन हुँदैन हजुर ! ती गाईवस्तुहरू त हाम्रै हुन् ! बिरामी पर्छन् !”

 

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

कन्यार्थ

मधुसूदन प्रसाद घिमिरे घरमा छाेरी पन्ध्र पुगिसकी छाेरीकाे लागि याैटा राम्राे वर खाेज्नु परेन भन्या…

14 hours ago

परिवर्तन

शारदा दहाल भण्डारी "बिहान् चाँडै उठेर काम सक्ने अनि पढ्नुपर्छ है !" भेषराजले शेषराजलाई भन्थ्यो।…

14 hours ago

होलीको रंग

धनसिंह विश्व गेजिंग, पश्चिम सिक्किम बिहान नानीहरुको निकै हो-हल्ला मचियो। गल्लीमा स-साना नानीहरु होलीको रंग…

2 days ago

लोलीपोप

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "बाबा हजुरलाई म ठूलो भएपछि कार किन्दिन्छु हस् ।" -…

2 days ago

पर्खाइकाे फल मिठाे

होम सुवेदी बालिका निना सानैदेखि जिज्ञासु थिई। उसकाे हरेक बिहान घरकाे आँगन सफा गर्ने रुटिन…

3 days ago

“राष्ट्र हाँक्ने नेता”

ललिता ‘दोषी’ राष्ट्र हाँक्ने नेता आऊ बनाऊ अब देश हामी सबै एक भए फेरिन्छ नि…

3 days ago