सुरेशकुमार पाण्डे
दाङ घोराही

“हेर त रीमा ! यति सानो बाबु कस्को होला ?”- विनयले एउटा होटलको बाहिर भाँडा खकाल्न बसेको बालक तिर इसारा गर्दै भन्यो। “खै त बिचारा बा आमा पनि छन कि छैनन्।”- रिमाले पनि आश्चार्य हुँदै अड्कल काडी। उनीहरू राजधानीबाट घर फर्किदै थिए। बाटोमा बस रोकेपछि भात खाने उदेश्यले होटेलमा प्रवेश गरेका हुन्। त्यो केटालाई देखेपछि माल्कीनसँग पनि घृणा भयो। उत्तिकै उमेरको आफ्नो छोरालाई नजिकैको स्टुलमा बसालेर चम्चाको सहाराले खिर खिलाउँदै थिई। रीताको ध्याय त उतै थियो। ” कहाँबाट फेला पार्नुभयो यति सानो कामगर्ने मान्छे ?”- रीनाले साहुनीसँग सोधिन। ” भोकले मर्न थालेको थियो दया लाग्यो र आफ्नो होटलमा राखिहाले तर किन राखेछु भन्ने भाछ। जो आउँछ बाल मज्दुर किन राखेको भन्दै कराउँछन्। काम भन्दा बढी भात खान्छ यो भातेले। अब यो मूर्दारलाई कहाँ पठाउँने ? न यसका बा आमा न यसको कुनै आफन्त।”-रीनाले नाक मुख बिगार्दै भनी। ” बाबु नाम के हो तिम्रो? विनयको मनमा दया जाग्यो र सोध्यो । ” “अनाथ !”-उसले प्याच्च भन्यो। बा आमा कुनै पनि हुनुहुन्न र ?”- विनयले बिन्रमतापूर्वक सोध्यो। “छैनन् कोही पनि।”- अनाथले भन्यो। अनि कसरी पालिएका छौ त ? कोही त अवश्य छन होला ?”-विनयले फेरी प्रश्न गर्यो। ” कोही पनि छैनन् मैले चालपाए देखि आफै काम गर्दै खाएको छुँ ।-उसले भन्यो। “तिमीलाई पढ्न मन लाग्दैन ? ” – रीमाले प्रश्न गरी। “पैसा कमाएर पढ्छु नि । “- अनाथले भन्यो। ” हामी स्कुलमा भर्ना गरिदिन्छौँ तिमीलाई । हामीसँग जान्छौ त ?”-विनयले सोध्यो। ” जाँदिन भन्यो ! अब बाटा-बाटा हिंड्ने यात्रुले पढाए र तैँले पढिस ! काहा लगेर कजाउँने हुन्। “- साहुनीको मुखबाट स्वार्थको भाव फुत्त निस्कियो।

सारथि बाल पत्रिका

View Comments

  • Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

16 hours ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

16 hours ago

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

2 days ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

2 days ago

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

3 days ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

3 days ago