Categories: बाल कथा

परिचय


प्रभादेवी पौडेल
भरतपुर ९, चितवन

“बा, कलेजबाट एक हप्ताको भ्रमण लाने रे मलाई पैसा चाहियो । छोराका कुरा सुनेर बाले भन्नुभयो, “यो कुनसा ठुलो कुरा भयो र बाबु, बरु कति चाहियो भन् ?” त्यस्तै लुगाकपडा, पकेट खर्च र कलेजमा बुझाउने गर्दा तीस हजार दिनुन।”
यो रकम छोराको लागि सामान्य भएपनि बाको लागि निक्कै उकालो थियो। तर पनि छोरा पढाईमा निक्कै सिपालु भएको कारण उनले कुनै नहिनास्ती नगरी खुसी साथ पैसाको जोहो गरिदिए।
उसले कलेजमा दिनुपर्ने रकम छुट्याएर आफूलाई मन परेका ब्राण्डेड ब्राण्डेड कपडा र जुत्ता किन्यो। पहिला आफूले लाउँदै आएका कपडा माग्नेलाई दिनु है आमा भनेर बोरामा पोको पारिदियो।
भ्रमण जाने दिन आयो । आफ्नो एउटा मात्र सन्तान अहिलेसम्म बाउ आमाको काख नछोडेको उनको मनले मानेन। उनीपनि कलेज पुगे। बस हिड्ने तयारीमा थियो। उसको एउटा साथीले उनलाई देख्ने बित्तिकै चिनीहाल्यो र खबर दियो। विनोद बसबाट तल झरेर बालाई एकान्त लग्यो र झर्किन्दै भन्यो, “बुढा, तिमीलाई यहि बेलामा मेरै पुरानो टिसर्ट लगाएर चिनिन आउँनु पर्यो होइन ?”
यो सुनेर बाले उत्तर दिए, “हेर छोरा अहिले सम्म फलानाको छोरो भन्दा मेरो छाती गर्वले ठुलो हुन्थ्यो तर आज आएर तँलाई यो मेरो बाउ भनी चिनाउन लाज लाग्यो होइन ?”

सारथि बाल पत्रिका

View Comments

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

17 hours ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

17 hours ago

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

2 days ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

2 days ago

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

3 days ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

3 days ago