प्रभादेवी पौडेल
भरतपुर ९, चितवन
“बा, कलेजबाट एक हप्ताको भ्रमण लाने रे मलाई पैसा चाहियो । छोराका कुरा सुनेर बाले भन्नुभयो, “यो कुनसा ठुलो कुरा भयो र बाबु, बरु कति चाहियो भन् ?” त्यस्तै लुगाकपडा, पकेट खर्च र कलेजमा बुझाउने गर्दा तीस हजार दिनुन।”
यो रकम छोराको लागि सामान्य भएपनि बाको लागि निक्कै उकालो थियो। तर पनि छोरा पढाईमा निक्कै सिपालु भएको कारण उनले कुनै नहिनास्ती नगरी खुसी साथ पैसाको जोहो गरिदिए।
उसले कलेजमा दिनुपर्ने रकम छुट्याएर आफूलाई मन परेका ब्राण्डेड ब्राण्डेड कपडा र जुत्ता किन्यो। पहिला आफूले लाउँदै आएका कपडा माग्नेलाई दिनु है आमा भनेर बोरामा पोको पारिदियो।
भ्रमण जाने दिन आयो । आफ्नो एउटा मात्र सन्तान अहिलेसम्म बाउ आमाको काख नछोडेको उनको मनले मानेन। उनीपनि कलेज पुगे। बस हिड्ने तयारीमा थियो। उसको एउटा साथीले उनलाई देख्ने बित्तिकै चिनीहाल्यो र खबर दियो। विनोद बसबाट तल झरेर बालाई एकान्त लग्यो र झर्किन्दै भन्यो, “बुढा, तिमीलाई यहि बेलामा मेरै पुरानो टिसर्ट लगाएर चिनिन आउँनु पर्यो होइन ?”
यो सुनेर बाले उत्तर दिए, “हेर छोरा अहिले सम्म फलानाको छोरो भन्दा मेरो छाती गर्वले ठुलो हुन्थ्यो तर आज आएर तँलाई यो मेरो बाउ भनी चिनाउन लाज लाग्यो होइन ?”
घनश्याम रेग्मी "कहिल्यै बिरामी पर्नु भएको छ ?" कसैले प्रश्न गर्यो भने म लगायत…
शम्भु ढकाल सूर्याेदय न पा १२ आठघरे,इलाम "के गर्दै हुनुहुन्छ आमा ?" साँझपख छाेरीले फाेनमा…
शोभा कोइराला वसन्तकी सुन्दर पुष्प नारी लज्जा भएकी पनि दिव्य नारी नारी बिनाको घर नै…
सुरेशकुमार पाण्डे दाङ घोराही १८ "ओहो बालकले के काम गर्छ ?"- डाक्टर पुनितले रामेको हात…
गणेश आत्रेय मदनपोखरा,पाल्पा हाम्रो नाति छ हेर; अल्छी छैन ल हेर। प्रातः काल सबेर; उठ्छ…
View Comments
I don't think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.