Categories: बाल कथा

अन्ध विश्वास


राजन कुमार कार्की (पाजु)
धरान १३ सुनसरी

जंगलमा भेडाको ठूलो जमात थियो। उनीहरु सधैँ हाँच मिलेर चरण भर्थे।
हिंश्रक जन्तुहरू उनीहरुको सिकार गर्न भरमग्दुर प्रयास गर्थेँ । उनीहरुको जमातमा आक्रमण गर्न सजिलो थिएन।किनकि बलवान् भेडाहरु पनि थिए , त्यस हुलमा।
धेरै दिन यता एउटा ब्वाँसो उनीहरु नजिक हुन खोजी रहन्थ्यो। तर जवान‌ भेडाहरुले लखेट्थे।
एक दिन ब्वाँसोले जुक्ति लडायो। सबै भेडाहरुलाई जम्मा गरायो र भन्यो, ” हेर भेडा हो, म अरु ब्वाँसो जस्तो मांसाहारी ब्वाँसो हैन ,म पनि तिमीहरु जस्तै साकाहारी जनावर हुँ , म तिमीहरु सँगै रहन चाहन्छु। फेरी यो जंगलमा धेरै हिंश्रक जनावर छन; जसबाट तिमीहरूलाई धेरै खतरा पनि छ , म तिमीहरुको सुरक्षा गर्न चाहन्छु !”
सबै भेडाहरु कानेखुसी गर्न थाले ,” यो ब्वाँसो धेरैदिन देखि हाम्रै नजिक वरिपरि चरिरहेको छ। यो पक्कै साकाहारी नै हुनपर्छ!” एउटा ब्वाँसोले राय पेस गर्यो।
यसमा सबैले सहमति जनाए; किनकि उनीहरूलाई सुरक्षाको पनि आवश्यकता थियो।
त्यसदिन पछि ब्वाँसो भेडा सँगै भिडमा मिसिएर चरेझैँ गर्न थाल्यो। सबै भेडाहरु ढुक्क थिए।
केहीदिन पछि सो जमातवाट एक एक गरी भेडा घट्न थाले।
यस कुराको भेडाहरुलाई पत्तै भएन।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

6 hours ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

6 hours ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

1 day ago

“सबै मेरा साथी”

रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ बाआमाको प्यारो छोरा हजुरबाको नाति भाइबैनीको दाजु हुँ म साथीको हुँ…

1 day ago

छोरी, गर्भमा नआउ ..

निर्मल पराजुली ए हजुर् छोरी त आईपुगिनन नि अनायाश् श्रीमतीको आवाज् मेरो कानमा ठोक्कियो पिडा…

3 days ago

सहमति

अन्जु चालिसे रूपान्जली आरुबारी “छोरी, अब त विवाहको कुरा सोच्ने बेला भयो। हरेकपटक कुरा आउँदा…

3 days ago