राजन कुमार कार्की (पाजु)
धरान १३ सुनसरी
जंगलमा भेडाको ठूलो जमात थियो। उनीहरु सधैँ हाँच मिलेर चरण भर्थे।
हिंश्रक जन्तुहरू उनीहरुको सिकार गर्न भरमग्दुर प्रयास गर्थेँ । उनीहरुको जमातमा आक्रमण गर्न सजिलो थिएन।किनकि बलवान् भेडाहरु पनि थिए , त्यस हुलमा।
धेरै दिन यता एउटा ब्वाँसो उनीहरु नजिक हुन खोजी रहन्थ्यो। तर जवान भेडाहरुले लखेट्थे।
एक दिन ब्वाँसोले जुक्ति लडायो। सबै भेडाहरुलाई जम्मा गरायो र भन्यो, ” हेर भेडा हो, म अरु ब्वाँसो जस्तो मांसाहारी ब्वाँसो हैन ,म पनि तिमीहरु जस्तै साकाहारी जनावर हुँ , म तिमीहरु सँगै रहन चाहन्छु। फेरी यो जंगलमा धेरै हिंश्रक जनावर छन; जसबाट तिमीहरूलाई धेरै खतरा पनि छ , म तिमीहरुको सुरक्षा गर्न चाहन्छु !”
सबै भेडाहरु कानेखुसी गर्न थाले ,” यो ब्वाँसो धेरैदिन देखि हाम्रै नजिक वरिपरि चरिरहेको छ। यो पक्कै साकाहारी नै हुनपर्छ!” एउटा ब्वाँसोले राय पेस गर्यो।
यसमा सबैले सहमति जनाए; किनकि उनीहरूलाई सुरक्षाको पनि आवश्यकता थियो।
त्यसदिन पछि ब्वाँसो भेडा सँगै भिडमा मिसिएर चरेझैँ गर्न थाल्यो। सबै भेडाहरु ढुक्क थिए।
केहीदिन पछि सो जमातवाट एक एक गरी भेडा घट्न थाले।
यस कुराको भेडाहरुलाई पत्तै भएन।
घनश्याम रेग्मी "कहिल्यै बिरामी पर्नु भएको छ ?" कसैले प्रश्न गर्यो भने म लगायत…
शम्भु ढकाल सूर्याेदय न पा १२ आठघरे,इलाम "के गर्दै हुनुहुन्छ आमा ?" साँझपख छाेरीले फाेनमा…
शोभा कोइराला वसन्तकी सुन्दर पुष्प नारी लज्जा भएकी पनि दिव्य नारी नारी बिनाको घर नै…
सुरेशकुमार पाण्डे दाङ घोराही १८ "ओहो बालकले के काम गर्छ ?"- डाक्टर पुनितले रामेको हात…
गणेश आत्रेय मदनपोखरा,पाल्पा हाम्रो नाति छ हेर; अल्छी छैन ल हेर। प्रातः काल सबेर; उठ्छ…