लक्ष्मण ज्ञवाली
तिलोत्तमा न पा १
नीलगिरिपथ
शंकरनगर रूपन्देही
“एउटा छोरो जन्माउन पनि सकेन है माधौराजले।”
“कुलतार्ने कुरापनि पनि आकासकै फल जस्तो भयो उसलाई त ! बिचरा किस्मतमै रहेनछ।”
रामभजन र शिवपुजन बरगाछि चौतारीमा गफ चुट्दै थिए।
“आफूलाई बुझक्कड हुँ भन्ठान्ने आफ्ना हितैषी साथी भाइहरूबाटै त्यस्तो कुरा सुन्दा “उसको मन चसक्क भयो ।
“तीन तीन जना छोरीका लस्कर कसरी विहेदान उम्काउला ?”
रामभजनले उसको सम्वेदनशील अवस्थालाई खोतल्यो ।
“छोरा नै भएर पो के हुन्छर ? देखेनौ हरीभक्त सिर्वारको छोराको ताल ? गाँउलाई नै बदनाम गरेको ? त्यो भन्दा त माधौराज सयौ गुना खुसी छ! उसका छोरीहरू कति जेहेनदार लगनशील र सुसील छन्! पढाइमा पनि उत्कृष्ट छन्।” शिवपुजनले वास्तविकता उजागर गर्यो र भन्यो, “अरूको कुरा काट्नु व्यर्थ हो ।”
टाढैबाट उनीहरूका कुरासुनीरहेको माधौराजले मनमनै सोच्यो ,नानीहरू पढाईमा अब्बल निस्केका पनि छन् तर समाज यति अविवेकी ,रूढी ,पछौटे छ कि मलाई नामर्दको पगरी गुथाउँछ, अपुतो भन्छ । जानी बुझिकन मेरी श्रीमतीलाई समेत यसको कोखबाट छोरा जन्मनु भनेको “उनाय फूल्नु जस्तै हो “भनेर होच्याँउछ।
हो आज म यिनै मर्दहरूलाई मेरी छोरीको आज भईरहेको राष्ट्रिय वक्तृत्व कलाको कार्यक्रम देखाउन लैजान्छु।” माधौराज ,छोरी र आफ्ना समवयका साथीहरूलाई लिएर कार्यक्रम स्थल सम्मेलन केन्द्रमा पुग्यो । असाधारण बौद्धिक क्षमता भएकी निमावि स्तर की छात्रा जानुका छोरीको नाम उद्घोषकले ससम्मान आमन्त्रण गरे ।
देशभरबाट उपस्थिति रहेको उक्त भव्य सभामा जानुका मन्चमा उभिएर बाल अधिकारको पक्षमा महिला,अपाङ्ग,बृद्धबृद्धा, सहयोगापेक्षीको पक्षमा ,तमाम बेथिति बिकृति विसङ्गति र भ्रष्टाचार का बिरूद्धमा धुवाँधार प्रस्तुति दिईन् । उनको प्रस्तुतिमा समस्याको उठानमात्र थिएन समाधान का ठोस उपाय पनि थिए।
कार्यक्रममा देशको बागडोर सम्हालेकाहरूको बाक्लो उपस्थिति थियो।उनीहरूका अनुहार लज्जाबोधले निहुरिएका थिए। जानुकाको क्षमता को कदर भयो । वक्तृत्व कलामा उनी नेपाल प्रथम भइन् । तालीका गड्गडाहटका बिच जानुका सम्मानित र पुरस्कृत भइन।
“नामर्द अपुतो जस्ता लान्छनाले”आहत बनेको माँधौराजको छाती गर्वले चौडा भयो। उनका साथीहरू जो आफुलाई मर्द र पुत्रदा भनेर घमण्ड गर्थे ।आपसमा मुखामुख गर्दै भने, “जानुका जस्ता छोरी भए छोरा किन चाहियो ?”
रमेशचन्द्र घिमिरे झिलिमिली इन्द्रेनीको रङ्ग जिउमा छरी हामीसँग खेल्न आऊ आकाशकी परी। हावासँग उड्दै मिठो…
सुमन कडरिया चितवन “बुबा ! आज मानिसहरूले साच्चै नै हामीलाई भगवान् मानेर पूजा गर्छन् रे…