Categories: बाल कथा

अल्पज्ञान


प्रेम पुन मगर
ढोरपाटन ४ बागलुङ हाल पोखरा

रमेशकुमार र उनका छोरा बिमल ठुली दिदी भेटेर फर्किदै थिए। छोरा बिमललाई खिन्न देखेर उनले सोधे-” के भो बाबु उदास देखिरहेका छौ त ?”
फुपूको हामीप्रति हेप्ने बानी मलाई पटक्कै मन परेन। तपाईँले चुपको इसारा गर्नु भयो र पो नत्र म जवाफ दिन्थेँ नि …. ।” बिमलले भन्यो।
” कसरी हेपिन् र ? ” उनलेे अन्जान जस्तै बनेर सोधे।
” मेरी छोरीले दुईवटा काम गर्छिन् । धेरै रकम पठाइन्। तेरी छोरीले किन एउटामात्र गर्छे ? विदेश गएपछि त जस्तो काम पनि गर्नुपर्छ। उनको भनाइ थियो।” बिमलले भन्यो।
“ठिकै त भनिन् काम त जस्तो पनि गर्नुपर्छ।” रमेशकुमारले छोटो कुरा राखे।
“जस्तोसुकै काम भन्दा त गलत अर्थ लाग्छ नि बुवा। अझ उहाँले त सँगसँगै क्यानाडा गएको पनि थाहा नपाएर तेरी छोरी त सानो देशमा गएकी भन्न सम्म भ्यइन्।” बिमल झन उग्र बन्यो।
“छोड्दे बाबु जसको दिमागले जे देख्छ त्यही बोल्छ। बिचरी दिदीलाई उताको बारेमा केही थाहा छैन । उता सबैको परिस्थिति एउटै हुँदैन। जसले जे भनिदियो त्यही पत्याउने हुन्।”
उनले छोरालाई सम्झाउँदै भनेपछि केहीबेर रोकिएर थपे।
“त्यसैले त भनेका होलान् अल्पज्ञानी भन्दा त बरु अज्ञानी हुनु फाइदा।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“घडी”

ह्रदय लेकाली यो घडी साँच्चै अचम्म लाग्दो छ। कहिले अगाडि अगाडि र कहिले ढिलो गरेर…

18 hours ago

“क ख रा”

धनराज सिलवाल चितवन क बाट कलम ख खरायो ग बाट गमला घ घडी पढ पढ…

18 hours ago

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो । विएलइको परीक्षा…

19 hours ago

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

2 days ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

2 days ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

3 days ago