Categories: बाल कथा

सुन्दरताको रहस्य


रमेशचन्द्र घिमिरे
भोर्लेटार, लमजुङ

`तिमीलाई आफ्नो सौन्दर्यमा घमन्ड लाग्दैन ?´ मुसुक्क मुस्कुराइरहेको गुलाफको फूललाई देखेर भमराले सोध्यो ।
`म मेरो मात्रै कारणले सुन्दर भएको होइन । मलाई सुन्दर ज-जसले बनाए तिनलाई म सम्झिन्छु । तिनलाई नसम्झीकन मैले घमन्ड गर्न सुहाउँदैन ।´ गुलाफको फूलले उत्तर दियो ।
भमराः ‘तिमीलाई पानीले सुन्दर बनायो हो ? जसको सिञ्चनले तिमी यति राम्रो भयौ ।’
गुलाफः ‘त्यो त ठिक हो, तर अरूलाई पनि सम्झन्छु ।’
भमराः ‘तिमीलाई घामले सुन्दर बनायो जसले तिमीलाई टल्कायो अनि शरीरमा भएको पानी सोस्यो ।’
गुलाफः ‘यो पनि ठिक हो तर अरू पनि छन् ।’
भमराः ‘तिमीलाई हावाले सुन्दर बनायो जसले तिमीलाई हल्लाइदिन्छ अनि तिमी नर्तकी जस्ता देखिन्छौ ।’गुलाफः ‘तिम्रो उत्तर सही नै छ, तर अरूलाई पनि सम्झन्छु ।’
भमराः ‘तिमीलाई प्रकाशले सुन्दर बनायो जसले तिमीलाई सबैका सामु उज्यालो पारेर देखाइदिन्छ । अँध्यारो भएको भए तिमीलाई कसले देख्थ्यो र ?’
गुलाफः ‘तिम्रा उत्तर बेठिक छैनन्, अरू पनि भन्दै जाऊ।’
भमराः ‘तिमीलाई माटो अनि मलजलले सुन्दर बनाएको हो जसको कारण तिम्रो बोट उभिन पायो अनि तिमी बढ्न, हुर्कन र फक्रन सक्यौ ।’
गुलाफः तिमी ठीक भन्दैछौ । के मेरो सुन्दरताको रहस्य यति मात्रै हो त ?’
गुलाफको प्रश्नको थप उत्तर भमराले भन्न सकेन र चुप लागिरह्यो।
उत्तर नआएपछि गुलाफ आफैँले पुनः जवाफ दियो,’मेरो सुन्दरताको पछाडि काँडाको पनि हात छ किनभने यो काँडा नहुँदो हो त मेरो सुन्दर रूपलाई ठुँगेर तिमीजस्ता भमराले उहिल्यै कुरूप बनाइसक्थ्यौ ।´

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“घडी”

ह्रदय लेकाली यो घडी साँच्चै अचम्म लाग्दो छ। कहिले अगाडि अगाडि र कहिले ढिलो गरेर…

19 hours ago

“क ख रा”

धनराज सिलवाल चितवन क बाट कलम ख खरायो ग बाट गमला घ घडी पढ पढ…

19 hours ago

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो । विएलइको परीक्षा…

20 hours ago

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

2 days ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

2 days ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

3 days ago