मणिराज भट्टराई

“सुन्नु भो..!
किन हो कुन्नी आज सुदिप स्कूल जान मन गरिरहेको छैन।”
निशाले चिन्ता व्यक्त गर्दै बोलिन्।
“अँ साँच्ची किन होला निशा …?”
पत्रिका मै आँखा डुलाउँदै रविले प्रतिप्रश्न गर्छन्।
“त्यै त सधैँ भरी रमाएर स्कूल जाने छोरो अचानक किन यस्तो भएको हो मैले त केही बुझ्नै सकिन।” निशाले चिन्ता अझ बढाएर कुरा राखिन्।
“तिमीले केही भन्यौ कि ?”
रविले पत्रिकाबाट नजर उठाउँदै बोले। “अँ जेमा पनि मेरै गल्ती देखाउन त जान्या छ नी । न छोरो आफैँ उठेर तैयार हुन्छ न त कहिल्यै बाउले तयार गराउन जान्याछ ।” झर्किदै बोलिन्।
“होईन बाबा तिम्रो गल्ती देखाउन खोज्या होईन किन रिसाई हालेकी ..!” लेघ्रो तानेर फकाउने मुडमा बोले रवि।
“साथीहरूसँग झगडा गरेर पो आएको छ कि ..!”
निशाले अर्को शंका थपिन्।
आपसमा अनुमान गरेर बस्न भन्दा छोरालाई नै एक पटक सोध्ने कुरामा दुबैजना सहमत भए।
बोलाएर सोधे । उसले मुखै खोल्न चाहेन।
रविले फकाउँदै स्कूल लिएर गए। “रवि सर आज आफैँ आउनु भएछ बाबूलाई लिएर?”
बगैँचा गोड्दै गरेका माली हाँस्तै बोले।
“हेर्नुस्न यसले स्कूल आउनै मनगरेन के भएको छ कुन्नी यसो बुझौँ पनि भनेर …!”
रबि मालीको रहस्यमय हँसाई जान्न खोज्दै थिए स्वयम् रहस्य खोल्दै बोले माली।” खासै केही होईन। बाबूको थोरै असावधानीले गर्दा भकुण्डोले लागेर गमला फुट्यो। मैले त यसो चेतावनी मात्र दिएको थिएँ । यसरी गहिरो गरि मनमै लिन्छन् भन्ने कुरा मैले अनुमान गर्न सकेको थिइन।
मालीको कुरा सुनेर सुदिपको अनुहार केही उज्यालो भयो।
रविले मालीसँग भोलि त्यस ठाउँमा अर्को गमला ल्याएर राख्ने कुरा गरे। यो सुनेर सुदिप खुशीले उफ्रदै कक्षा कोठा तिर लाग्यो।

सारथि बाल पत्रिका

View Comments

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“मेरो सानो कोठा”

शशि अर्याल लम्साल मेरो सानो कोठा छ काेठामा एउटा ढाेका छ ढाेकाकाे छेउमा टेबुल गर्छु…

11 hours ago

बालदिवस

बलराम दंगाल रत्ननगर,चितवन हाल-अष्ट्रेलिया माया बिहानै आमासँगै हतौडा बोकेर सडकछेउ आइपुगेकी थिई। घाम चर्किँदै जाँदा…

12 hours ago

“शरद्को सुन्दरता”

मोहन प्र घिमिरे शान्तिनगर, शिद्धिचरण मार्ग, वानेश्वर आयौ शरद् घरैमा आनन्दको छ बेला मीठो समीर…

1 day ago

“बाबा घर फर्की आऊ न”

उषा बस्ताकोटी खनाल जूनमामा आफ्नै घर फर्की आउँछन् तारा पनि आफ्नै घर झल्मलाउँछन् दशैँ आयो…

1 day ago

बालबालिकाविरुद्ध हिंसा अन्त्यसम्बन्धी राष्ट्रिय कार्यशाला

बालबालिकाविरुद्ध हिंसा अन्त्यसम्बन्धी राष्ट्रिय कार्यशालामा मन्त्री सिता बादीको सहभागिता, “बालबालिकाको सुरक्षा र सम्मानमा कुनै सम्झौता…

2 days ago

शत्रु

बलराम दंगाल रत्ननगर, चितवन हाल–अष्ट्रेलिया साँझ पर्न लागेको थियो। असफलताले थाकेको युवक पीपलको रूखमुनि बसेका…

2 days ago