Categories: बाल कथा

असार एक


शान्ति भण्डारी दाहाल
बुद्धनगर काठमाण्डौँ

गगनले ‘मलाई अरु केही चाहिँदैन आफ्नो भाग बेचेर भएपनि म विदेश जान्छु यो घरमा बस्दिन खुरुक्क चाहियो भनेर’ बा आमासँग झगडा गरे र विदेश गए । विदेशी भुमिमा पसिना बगाएर कष्टकर जीवन बिताउँदा घरको झल्को आयो।
चौटा खान गएकी बुडी झोलामा डुबेर मरी भने जस्तै भयो। बाउआमाले भनेको नमान्दा बल्ल उनले थाहा पाएँ दु:ख भनेको कस्तो हुँदोरहेछ भन्ने आमालाई सम्झिन लागे।
उनको साथी घर जादै थियो साथीलाई भने ‘मेरो घरमा पुगेर मेरा बाआमासँग भिडियो कल गराउनु र यो मोवाइल दिनु र राम्रो सँग चलाउन भिडियो कल गर्न सिकाउनु है,’ भन्दै आशु झार्दै साथीलाई बिदाई गरेर आफू सधैँ जसो काममा गए।
उता गाउँमा बुढा बाउआमा बेला बेलामा छोराको कुरा गर्दै रुन्थे। एउटा भएको छोरा पनि भनेको मानेन र गयो कति दुःख होला भन्दै थिएँ।
साथी घरमा पुग्यो र भन्यो ‘बाआमा तपाईँको छोरासँग कुरा गर्नोस् उसले कल लगाईदियो । २ वर्ष पछि छोरालाई देखेर धेरै बेरसम्म कुरा गरे। छोराले सोध्यो “आमा के गर्दै हुनुहुन्छ ?”
आमाले जवाफ दिइन् “के गर्ने छोरा हामी मेलापात जान सक्तैनौँ, अब बर्खा लाग्दैछ पहिला उमेरमा सबैभन्दा पहिले हाम्रो गैरी खेतमा रोपाईँ हुन्थ्यो । आमाले आँशु झार्दै भनिन, “छोरा तैँले अरुको लहैलहैमा लागेर घर छाडिस्। अहिले अर्काको देशमा घोटिएर काम गर्नुपर्या छ। आफ्नो गाउँघरको चालचलन सबै कुरा बिर्सेर बसेको छस्।
आज तँलाई धेरै सम्झेका छौँ। त हुँदा आजको दिन खेतमा तनै जान्थिस्।” गगनले सोधे आमा किन यस्तो कुरा गर्दै हुनुहुन्छ नि आज के होर ?” “आज असार एक गते हो।” हिलोमा टेक्ने र डाङ्ली सार्ने दिन।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“मेरो सानो कोठा”

शशि अर्याल लम्साल मेरो सानो कोठा छ काेठामा एउटा ढाेका छ ढाेकाकाे छेउमा टेबुल गर्छु…

12 hours ago

बालदिवस

बलराम दंगाल रत्ननगर,चितवन हाल-अष्ट्रेलिया माया बिहानै आमासँगै हतौडा बोकेर सडकछेउ आइपुगेकी थिई। घाम चर्किँदै जाँदा…

12 hours ago

“शरद्को सुन्दरता”

मोहन प्र घिमिरे शान्तिनगर, शिद्धिचरण मार्ग, वानेश्वर आयौ शरद् घरैमा आनन्दको छ बेला मीठो समीर…

1 day ago

“बाबा घर फर्की आऊ न”

उषा बस्ताकोटी खनाल जूनमामा आफ्नै घर फर्की आउँछन् तारा पनि आफ्नै घर झल्मलाउँछन् दशैँ आयो…

2 days ago

बालबालिकाविरुद्ध हिंसा अन्त्यसम्बन्धी राष्ट्रिय कार्यशाला

बालबालिकाविरुद्ध हिंसा अन्त्यसम्बन्धी राष्ट्रिय कार्यशालामा मन्त्री सिता बादीको सहभागिता, “बालबालिकाको सुरक्षा र सम्मानमा कुनै सम्झौता…

2 days ago

शत्रु

बलराम दंगाल रत्ननगर, चितवन हाल–अष्ट्रेलिया साँझ पर्न लागेको थियो। असफलताले थाकेको युवक पीपलको रूखमुनि बसेका…

2 days ago